ताजा समाचार

विभिन्न पार्टी परित्याग गरेको सयौ नेता कार्यकर्ता जसपामा मुख्यमन्त्री राउतले गरे स्वागत

  • असोज १८, २०७८
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, असोज १८ । विभिन्न पार्टी परित्याग गरेका सयौ नेता कार्यकर्ता आज जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन । धनुषा जिल्लाको हंसपुर नपा वडा नं. ४ मणिपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरेका करिब ३ सय जना जसपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई गम्छा र माला लगाई स्वागत गर्नु हुँदै मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाउनु भयो । मुख्यमन्त्री राउतले संघीयताको जननी रहेको प्रदेश २लाई बदनाम गराउन र अन्नतः संघीयतालाई नै धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरि रहेको उल्लेख गर्नु हुँदै त्यस्ता तत्वहरुलाई परास्त आम जनतालाई सचेत हुनु पर्ने बताउनु भयो । स्थानीय नेता फिरोज मंसुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य हरिनारायण यादव, अरुणसिंह मण्डल, दीपक कार्की, प्रदेश सभा सदस्य राम अशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौद्धिक पेशाकर्मीका उपाध्यक्ष जितेन्द्र यादव, युवा अध्यक्ष दिपे्न्द्र कापडी , नगर अध्यक्ष रामनारायण कापडी सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤