प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छामापारी गरेको विरुद्धमा सिरहाको नरहागाउँपालीकामा मसाल जुलुस पर्दर्शन

  • असोज १७, २०७८
  • ५८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ असोज - अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालीकामा मसाल जुलुस पर्दर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालीकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता बिजय कुमार यादवले जनाएको छ । केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ । जसपाका नेता बिजय कुमार यादवका नेतृत्वमा नहरा गाउँपालीकामा करिब सयौं जसपाका नेताकार्यकर्ताहरुको एक समुहले गापा भरी पर्दर्शन गरेका छन् । लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।

स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्। नेता यादव सिरहा क्षेत्र नम्बर ४ का लोकप्रिय नेताको रूपमा चिनिने गरेको छ।

Open Photo

Open Photo

 

प्रतिक्रिया दिनुहोस

सिरहामा लागु औषधसहित ...

लहान कात्तिक १८ । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितमा ब्राउन सुगर सेवन तथ ...

साना किसान कृषि सहका ...

रासिन्द्र यादव सप्तरी कात्तिक १८ । सप्तरीको खडक नगरपालिका–१ सिस्वा बेल्हीस्थित साना किसान कृषि ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु , कार्तिक १८  । जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक ले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१