ताजा समाचार

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छामापारी गरेको विरुद्धमा सिरहाको नरहागाउँपालीकामा मसाल जुलुस पर्दर्शन

  • असोज १७, २०७८
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ असोज - अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालीकामा मसाल जुलुस पर्दर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालीकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता बिजय कुमार यादवले जनाएको छ । केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ । जसपाका नेता बिजय कुमार यादवका नेतृत्वमा नहरा गाउँपालीकामा करिब सयौं जसपाका नेताकार्यकर्ताहरुको एक समुहले गापा भरी पर्दर्शन गरेका छन् । लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।

स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्। नेता यादव सिरहा क्षेत्र नम्बर ४ का लोकप्रिय नेताको रूपमा चिनिने गरेको छ।

Open Photo

Open Photo

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤