Siraha Times
ताजा समाचार

निःशुल्क र गुणस्तरीय शिक्षा सम्भव छ

  • असोज १५, २०७८
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रिन्कु दास । नवसंग्राम दैनिक लहान, १५ असोज । दिगो विकासका लागि स्थानिय सरकारसंग शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘निःशुल्क , गुणस्तरीय शिक्षा सम्भव छ ’ भन्ने मुलनाराका साथ लहान २४ मा एक दिने कार्यक्रम सम्पन्न गरेको छ । लहान २४ का वडाध्यक्ष कमलदेव यादवका प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रिया कार्यक्रमको सभाध्यक्षता शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई नेपाल सिरहाका अध्यक्ष उमेश कुमार बिसुन्केले गरेका थिए । शिक्षाक्षेत्र देश विकासको प्रमुख मेरुदण्ड भएकोले गुणस्तरीय शिक्षाका लागि सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरु एकजुट भएर निःशुल्क र गुणस्तर शिक्षाको लागि सक्रिय भएरलग्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले जोड दिएका छन् ।

सामुदायिक बिधालयमा दक्ष जनशक्ती रहेपनि बिधालयले अभिभावकको विश्वास जित्न नसकेको कारण सामुदायिक बिधालय प्रतिको मोह जन– मानसमा कम भएको सहभागीहरुले औल्याए । स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकतामा राख्न सहभागिहरुले जनप्रतिनिधिलाई सुझाव दिएका थिए । बिधार्थी , अभिभावक र शिक्षक बीचको सुमधुर सम्बन्ध कायम भएमा मात्र सामुदायिक बिधालयको पठन पाठनमा सुधार हुने कार्यक्रममा चर्चा गरिएको थियो । गुणस्तरीय शिक्षाकै पहिलो आधार हो– शिक्षक र शिक्षण विधि, उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छन् , अनुभव, ज्ञान, सीप र विद्यार्थीहरूको रुचिको आधारमा अध्ययन अध्यपन गराएमा मात्र गुणस्तरीय शिक्षाको विधि पालना हुने भएकोले आउँदा दिनहरुमा सुधार गर्न पहल गर्नेछु , कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामुहिक रुपमा प्रतिबद्धता गरेका छन् । बिधालयको भौतिक संरचना सुधार पनि गुणस्तरीय शिक्षा अन्तर्गत पर्ने भएकोले स्थानीय सरकारको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा कार्यक्रममा जोड दिएको छ । कार्यक्रममा बिधालयका प्रधानाध्यापक , शिक्षक , जनप्रतिनिधि , संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१