वडा अध्यक्ष सखुवा काठ चोर्ने काममा सक्रिय

  • असोज १३, २०७८
  • ५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान असोज १३ । जिल्ला वन कार्यालय लहान सिराहा र गोलबजार नगरपालिकाको मिलेमतोमा सखुवा काठ चोरी हुन थालेका हुन् । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ८ मा रहेको जोभा प्राकृतिक वनबाट संकलित सखुवाको गोलिया काठ वडा अध्यक्षले चोरेका  हुन् । गोलबजार नगरपालिकाको वडा नं ८ का वाडा अध्यक्ष रामपुकार कामतिले सखुवाको काठ सोमबार बेलुका राती ८ बजेको समयमा गोलबजार नगरपालिकाको जेसिबिबाट लागिरहेको अवस्थामा स्थानियहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए । सखुवाको काठ ना १ज ७०६ नम्बरको जे सिबि र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएस्पी राजेन्द्र श्रेष्ठले जानकारी दिए । वनमा हावाहुरीले ढलेको काठलाई एक ठाउँमा राख्नको लागि जेसिबी मगाइएको थियो । अवेर भएपछि त्यसमध्येको एउटा ठूलो गोलीया काठ लागिरहेको देखेपछि स्थानियले रोकेर प्रहरीलाई खवरले गरेका थिए ।  जेसीबि चालक श्रवण कुमार शाहका अनुसार आफूलाई वडा अध्यक्ष कमतिले लैजान लगाएको बताए ।सरकारी टाचा लागेको गोलिता काठ लगेको देख्दा स्थानिय सकल देव सिंहले प्रहरीलाई खवर गतेका थिएँ । काठको यस विषयलाई वडा अध्यक्ष कामती र मेयर देवनाथ शाह स्थानीयलाई सहमति गरेर यस विषयलाई किनारा लगाउने प्रयासमा लागिरहेका छन् ।काठको नियन्त्रणको जिम्मा पाएका जिल्ला वन कार्यालय सिराहा भने यतिबेला मौन बसेको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१