ताजा समाचार

वडा अध्यक्ष सखुवा काठ चोर्ने काममा सक्रिय

  • असोज १३, २०७८
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान असोज १३ । जिल्ला वन कार्यालय लहान सिराहा र गोलबजार नगरपालिकाको मिलेमतोमा सखुवा काठ चोरी हुन थालेका हुन् । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ८ मा रहेको जोभा प्राकृतिक वनबाट संकलित सखुवाको गोलिया काठ वडा अध्यक्षले चोरेका  हुन् । गोलबजार नगरपालिकाको वडा नं ८ का वाडा अध्यक्ष रामपुकार कामतिले सखुवाको काठ सोमबार बेलुका राती ८ बजेको समयमा गोलबजार नगरपालिकाको जेसिबिबाट लागिरहेको अवस्थामा स्थानियहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए । सखुवाको काठ ना १ज ७०६ नम्बरको जे सिबि र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएस्पी राजेन्द्र श्रेष्ठले जानकारी दिए । वनमा हावाहुरीले ढलेको काठलाई एक ठाउँमा राख्नको लागि जेसिबी मगाइएको थियो । अवेर भएपछि त्यसमध्येको एउटा ठूलो गोलीया काठ लागिरहेको देखेपछि स्थानियले रोकेर प्रहरीलाई खवरले गरेका थिए ।  जेसीबि चालक श्रवण कुमार शाहका अनुसार आफूलाई वडा अध्यक्ष कमतिले लैजान लगाएको बताए ।सरकारी टाचा लागेको गोलिता काठ लगेको देख्दा स्थानिय सकल देव सिंहले प्रहरीलाई खवर गतेका थिएँ । काठको यस विषयलाई वडा अध्यक्ष कामती र मेयर देवनाथ शाह स्थानीयलाई सहमति गरेर यस विषयलाई किनारा लगाउने प्रयासमा लागिरहेका छन् ।काठको नियन्त्रणको जिम्मा पाएका जिल्ला वन कार्यालय सिराहा भने यतिबेला मौन बसेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤