जनकपुर : बिद्यार्थीद्वारा धर्ना जारी

  • आश्विन १२, २०७८
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर , १२ असोज । धनुषाको जनकपुर स्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विगत लामो समय देखि कोरोनाले प्रभावित शिक्षा क्षेत्र भर्चुअल माध्यमबाट हुँदै आएको पठनपाठन अव उपरान्त भौतिक उपस्थितिमा कक्षा संचालन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु शान्तिपूर्ण धर्नामा बसेका हुन् । प्रथम वर्ष प्रथम सेमेस्टरमा अध्यनरत बीबीए, बीसीए, बीएससी, सीएसआईटी, बीए, एसएलबी र प्रथम वर्ष दोस्रो सेमेस्टरमा अध्यनरत एमबीएका विद्यार्थीहरुले एक महिना देखि क्याम्पस प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउदा र .रा .ज. बि .केन्द्रीय बिधार्थी संघले पनि ४८ घण्टाको अल्टिमेटम दिदा पनि कुनै चासो नलिएकोले बाध्य भएर रा ज बि केन्द्रीय बिधार्थी संघ, तदर्थ समिति धर्ना बस्न बाध्य भएका छन ।

बिधार्थीको जाइ्ज माग सम्बोधन नभए पछि रा ज बि केन्द्रीय बिधार्थी संघ कडा मन्दा कडा कदम चाल्न बाध्य हुने छ र त्यसको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने छ, रा ज बि केन्द्रीय बिधार्थी संघका महासचिव संतोषकुमार यादवले जनाउनु भयो । त्रिभुवन विश्वविद्यालयले असोज १ देखि र पुर्वाञ्चल विश्वविद्यालयले भादौ २७ देखि भौतिक कक्षा संचालन गर्दै आएको छ । तर राजर्षी जनक विश्वविद्यालयले पठनपाठन बन्द छ ।विद्यार्थीका अनुसार पधाधिकारी तथा कर्मचारीलाई सम्पर्क गर्दा जनकपुर भन्दा बाहिर रहेको र मोबाइल स्विट्च अफ गरिबसेका हुन् ।

देशको कर्मधार विद्यार्थीहरुको जिवन सङ्ग खेलवाड गर्नु उचित नरहेको र पधाधिकारीहरुले आफ्नो जिम्मेवारी बोध गराउन शान्तिपूर्ण आन्दोलन सुरु गरेको रा ज बि केन्द्रीय बिधार्थी संघ का महासचिव संतोष कुमार यादवले बताएका छन् । राजर्षी जनक विश्वविद्यालयका क्याम्पस प्रमुख, डिन, उपकुलपति समपर्क बिहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१