Siraha Times
ताजा समाचार

काजलको पीडासँग खेल्दै छन् मिर्चैया प्रहरीका डिएसपी श्रेष्ठ

  • असोज १२, २०७८
  • ३००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान १२ असोज । विवाह भएको एक दूई महिना नवित्दै संदीपले दुःख दिन थाले । योसँगै संदीपका घरपरिवारले मेरी छोरीलाई विभेद गर्न थाले । संदीपले विभिन्न वहाना बनाएर म सँग पैसा ठग्न थाले । छोरीलाई यातना दिँदै घरबाट निकालिदिए । आज ५ महिनादेखि जाहेरी दिन मिर्चैया प्रहरी धाइरहेको छु । तर, डिएसपी राजेन्द्र श्रेष्ठ संदीपको पैसा खाएर हो की जाहेरी दर्ता गरेका छैन पीडित काजलकुमारी यादवकी बुवा विनाेद यादवको दुखेसो हो । २०७५ फागुन ८ गते सप्तरीको राजविराज ७ की काजलसँग सिरहाको कल्याणपुर ९ डुमरी बस्ने संदीपकुमार यादवले विवाह गरेका थिए । विवाहमा संदीपले ६५ वटा स्र्कोपियो लिएर गएका थिए । संदीपले विवाह जसरी तडकभडकले गरे त्यसै अनुरुप पत्नि काजल, ससुरा सचिन्द्रा, सासुसँग पटक पटक पैसा ठग्न थाले । यसरी संदीपले काजल र ससुरा सचिन्द्रसँग फर्निचरसहित नगद ९० लाख ८६ हजार ठगी गरी फरार छन् ।

काजल भनिन् —म चढ्दै गरेकी स्कुटरसमेत संदीपका भाई चन्दनकुमार यादवले खोसेर घरबाट निकाली दिएका छन् । बर्षोदेखि संदीप र उनका घरपरिवारको यातना सहन गर्न नसकेर ईलाका प्रहरी कार्यालय मिर्चैयामा विवाह कसुर र ठगी सम्बन्धि जाहेरी दिन गए । २०७८ जेठदेखि मिर्चैया प्रहरीमा जाहेरीको लागि धाइरहेको छु । तर, जाहेरी दर्ता गरिदिएन । भदौको अन्तिम साता डिएसपी राजेन्द्र श्रेष्ठले परमादेश गरेर ल्याउँनुस् । अनि केही गरोला भनेर मिर्चैया प्रहरीले आलटाल गर्दै आएका छन् । डिएसपी श्रेष्ठले परमादेश गराएर ल्याएको छ । पाँच महिनादेखि अनुसन्धान गरिरहेको छु । म संदीपको पैसा खाएको छैन । संदीपलाई खोजिरहेको छु उनको दावी छ । एउटा पीडित महिलालाई बर्वर यातना दिँदै र लाखौ ठगी गरेर संदीप आफ्ना घर कल्याणपुर, मिर्चैया हुँदै लहान, विराटनगर, काठमाण्डौ यात्रा गर्छन् । तर, मिर्चैया प्रहरीका डिएसपी श्रेष्ठ संदीपलाई पक्राउ गर्न सकेका छैन । पाँच महिनादेखि पीडितको जाहेरी दर्ता नगरिने डिएसपी श्रेष्ठ संदीपकै पैसामा मिर्चैया प्रहरी चलाइरहेको आरोप छ । केही महिना पहिले ससुरासँग संदीप फोन वार्ता गर्दा ‘चार वटा विवाह गर्छु । जे म लाग्छ गर । मलाई मतलब छैन । समान र पैसा फिर्ता हुँदैन । प्रहरी र कानुन म पनि जानेको छु धम्काएका थिए ।

यता, संदीपकुमार यादवले सिरहाको वरियारपट्टी कचनारीका सरोज यादवसँग ४५ लाख ठगी गरेको छ । सरोज यादवले संदीपविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् । संदीप पत्रकारहरुसँग सम्पर्कविहीन बन्दै आएको छ । वकिलसँग सम्पर्क रहन्छन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१