ताजा समाचार

गर्भवती नजमा यातना खेप्दै, प्रेमीपति रजाक गायब

  • असोज १२, २०७८
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १२ असोज । सिरहाको सखुवानन्कारकट्टी ५ महेशवारीमा आज एक महिलालाई निर्घात कुटपिट गरेका छन् । आफ्ना प्रेमी पति रजाक मियाँलाई लुकाएर राखेको भन्दै पीडित नजमा खातुनले असोज १० गते लहान प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएपछि खातुनलाई कुटपिट गरेका छन् । पीडित खातुनलाई तुला मियाँ, महराजी मियाँ, केही महिलाले सडकमा घिसारेर निर्घात कुटपिट गरेका छन् । पीडित खातुनकी ४ महिनाको पेटमा बच्चा छन् । पीडित खातुनलाई बीच सडकमा चारैतीरबाट गाउँले हेरिरहे । महेशवारी प्रहरीले उद्धार नगरेपछि सिरहा र लहान प्रहरीको सहयोगमा उद्धार गरी लहान अस्पतालमा पीडित खातुनको उपचारमा ल्याएको छ । रजाक र नजमा खातुन प्रेमप्रेमिका पतिपत्नि हुन । सप्तरीको रुपनीमा बस्दै आएकी नजमालाई रजाकले प्रेममा पारेर करिब ६ महिनादेखि आफ्ना पत्नि बनाएकी छीन् । उता, रजाकसँगै बस्दै आएकी खातुनलाई पटक पटक रजाकका घरपरिवारले यातना दिँदै आएका छन् । खातुन पनि आफ्ना प्रेमीको गर्भ बोकेर उनकै घर महेशवारी बस्दै आएकी छीन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤