Siraha Times
ताजा समाचार

हिन्दू युवा शक्ति कपिलवस्तु को महाराजगँज मा वडा स्तरीय समिति र गाउँ समिती गठन

  • असोज ११, २०७८
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु : जिल्ला काे महाराजगँज नगरपालिका वडा नं.११ बलरमवापुर स्थिर श्री लक्ष्मण दास निम्नमाध्यमिक विद्यालयमा हिन्दु युवा शक्ति कपिलवस्तु को जिल्ला अध्यक्ष फागुराम पाण्डे काे अध्यक्षता मा वडा स्तरीय र गाउँ समिति गठन भएको छ । सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हाे । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्था गरिरहेका छ । संगठन काे उद्देश हिन्दु धर्म काे हकहित र अधिकार काे बारेमा निरन्तर रुप मा काम गरिरहेकाे अध्यक्ष पाण्डेयले बताउनु भयो । हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नु काे उद्देश गाैं संरक्षण गर्ने , हिन्दुहरुलाइ संगठित गर्ने , हिन्दु संस्कारलाई जाेगाउने , मठ मन्दिरकाे संरक्षण गर्ने , हिन्दु धर्मको बारेमा जनचेतना जगाउने उद्देश लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ । हिन्दु युवा शक्ति कपिलवस्तु को जिल्ला अध्यक्ष फागु राम पाण्डे को अध्यक्षतामा वार्ड न .११ को वार्ड समिति का अध्यक्ष शिव सागर गोसाइँ , उपअध्यक्ष चिन्नु यादव , सचिव सन्तोष पाण्डे , प्रवक्ता पन्नालाल श्रीवास्तव र गोल्हिपुर गाउँ समितिको अध्यक्ष चन्द्रसागर यादव , उपाध्यक्ष मनोज चौधरी , कोषाअध्यक्ष ताहार यादव , सचिव संजय यादव , सहसचिव राजु चौधरी , वरिष्ठ सल्लाहकार केतार यादव , सल्लाहकार दिनेश त्रिपाठि र सदस्य राम दिनेश लोहार रहेका छन । उक्त कार्यक्रममा जिल्ला सल्लाहकार कपिलदेव पाण्डे , प्रवक्ता सुनिल कुमार शुक्ल लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो !

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१