Siraha Times
ताजा समाचार

गुट उपगुटले पार्टिलाई क्षती हुन्छ : पुर्व सभापति यादव

  • असोज १०, २०७८
  • १४७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १० , असोज पार्टीभित्रै नेता कार्यकर्ता गुटगत रुपमा विभाजित हुँदा त्यसले चुनावमा क्षति गर्ने भएकाले सबैले सहमतिको बाटो रोज्नुपर्ने नेपाली काङ्ग्रेसका साविक मौवाही गाउँविकास समिती वडाका पुर्व सभापति र प्रधान पञ्च समेत रहेका देवनारायण यादवले बताउनु भएको छ । बुधवार सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर - १ टोल भौरमा कार्यकर्ता संग अनौपचारिक रुपमा कुराकानी गर्दै यादवले वडा अधिवेशनका लागि नेता कार्यकर्ताले देखाएको उत्साहले महाधिवेशन थप सुनिश्चित हुने उनको बुझाई छ । पालिका र वडा स्तरमा पार्टी कार्यकर्ता भित्रै आपसी मनमुटाव र गुट - उपगुट अन्तय गर्न पुर्ण रुपमा हामी पहल गरिरहेको यादवले बताउनु भयो ।

सानै उमेर देखि नेपाली काङ्ग्रेसमा सक्रिय रुपमा लागेको करिब ७७ बर्षिय यादव पार्टी भित्र देखिएको मनमुटावलाई त्याग्न सम्पुर्ण कार्यकर्तालाई आग्रह गरे । सखुवानन्न्कारकट्टि - १ का वर्तमान वडा सभापति बासुदेव यादवको अनुपस्थितीले मलाई धेरै दु:ख लागेको छ उनले बैठकमा भने । बैठक आयोजना हुँदा कुरा सुन्न पनि आउनुपर्छ भन्दै उनले भने पार्टी भित्र आपसी मनमुटाव हुन्छ तर त्यसलाई सहज रुपमा लिनुपर्छ । पार्टी भित्रमा भएको बिबाद मिलाउन सबैको भुमिका उत्तिकै हुन्छ यदि मिलाउन नसके पर्टिको अपुरणिय क्षती हुन्छ यादवले भने । काङ्ग्रेसको वडा , नगर , गाउँपालिका लगायत सबैतहको अधिवेशन नजिक आउदै गर्दा उहाँले काङ्ग्रेस पार्टी जनताको हितकारी पुरानो पार्टी भएकोले एकजुट हुन सम्पुर्ण जमसमुदायमा आग्रह गरे ।

पार्टी बाट प्रधानपन्च देखि पटक - पटक सभापति बनेका यादवको सोच अहिले पनि नयाँ रहेको छ । पार्टीको अधिवेशन नजिक आउदै गर्दा उनले सम्पुर्ण कृयाशिल कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । वडाको प्रधान पन्च देखि नेपाली काङ्ग्रेसको पुरानो सकृय नेताको यादव परिचीत छन् । पुरानो मान्छे भएर समय अनुकूल नयाँ सोच बोकेका यादव वडाको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१