गुट उपगुटले पार्टिलाई क्षती हुन्छ : पुर्व सभापति यादव

  • असोज १०, २०७८
  • १३२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १० , असोज पार्टीभित्रै नेता कार्यकर्ता गुटगत रुपमा विभाजित हुँदा त्यसले चुनावमा क्षति गर्ने भएकाले सबैले सहमतिको बाटो रोज्नुपर्ने नेपाली काङ्ग्रेसका साविक मौवाही गाउँविकास समिती वडाका पुर्व सभापति र प्रधान पञ्च समेत रहेका देवनारायण यादवले बताउनु भएको छ । बुधवार सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर - १ टोल भौरमा कार्यकर्ता संग अनौपचारिक रुपमा कुराकानी गर्दै यादवले वडा अधिवेशनका लागि नेता कार्यकर्ताले देखाएको उत्साहले महाधिवेशन थप सुनिश्चित हुने उनको बुझाई छ । पालिका र वडा स्तरमा पार्टी कार्यकर्ता भित्रै आपसी मनमुटाव र गुट - उपगुट अन्तय गर्न पुर्ण रुपमा हामी पहल गरिरहेको यादवले बताउनु भयो ।

सानै उमेर देखि नेपाली काङ्ग्रेसमा सक्रिय रुपमा लागेको करिब ७७ बर्षिय यादव पार्टी भित्र देखिएको मनमुटावलाई त्याग्न सम्पुर्ण कार्यकर्तालाई आग्रह गरे । सखुवानन्न्कारकट्टि - १ का वर्तमान वडा सभापति बासुदेव यादवको अनुपस्थितीले मलाई धेरै दु:ख लागेको छ उनले बैठकमा भने । बैठक आयोजना हुँदा कुरा सुन्न पनि आउनुपर्छ भन्दै उनले भने पार्टी भित्र आपसी मनमुटाव हुन्छ तर त्यसलाई सहज रुपमा लिनुपर्छ । पार्टी भित्रमा भएको बिबाद मिलाउन सबैको भुमिका उत्तिकै हुन्छ यदि मिलाउन नसके पर्टिको अपुरणिय क्षती हुन्छ यादवले भने । काङ्ग्रेसको वडा , नगर , गाउँपालिका लगायत सबैतहको अधिवेशन नजिक आउदै गर्दा उहाँले काङ्ग्रेस पार्टी जनताको हितकारी पुरानो पार्टी भएकोले एकजुट हुन सम्पुर्ण जमसमुदायमा आग्रह गरे ।

पार्टी बाट प्रधानपन्च देखि पटक - पटक सभापति बनेका यादवको सोच अहिले पनि नयाँ रहेको छ । पार्टीको अधिवेशन नजिक आउदै गर्दा उनले सम्पुर्ण कृयाशिल कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । वडाको प्रधान पन्च देखि नेपाली काङ्ग्रेसको पुरानो सकृय नेताको यादव परिचीत छन् । पुरानो मान्छे भएर समय अनुकूल नयाँ सोच बोकेका यादव वडाको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ न ...

रहमुल लहान ३० जेठ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ" जलवायु मैत्री गाउँ नेपाल (CSV ...

माधोपुर र हरिनगरामा ...

लहान जेठ ३० । लहान नगरपालिका २१ अन्तर्गत माधोपुर तथा छिमेकी हरिनगरा क्षेत्रका स्थानीय बासिन्दा पछिल् ...

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१