Siraha Times
ताजा समाचार

ई—रिक्शा भेलामा दुर्घटना न्यूनिकरण गर्न जोड

  • असोज ४, २०७८
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ४ असोज । दुर्घटना न्युनिकरणका साथै इन्सुरेन्समा जोड दिँदै नेपाल यातायात स्वतन्त्र मजदुर अटो ई—रिक्शा ईकाई लहानले भेला सम्पन्न गरेको छ । एक दिने ई—रिक्शा चालकहरूलाई जनचेतनासहितको अतिरिक्त कोष खडा गर्न विहीवार सो भेलाले निर्णय गरेको छ । नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य तथा नागरिक अधिकार मञ्चका दिनेश्वर गुप्ताका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका सभाध्यक्षता ई – रिक्सा, अटोरिक्सा चालक नेपाल यातायात स्वतन्त्र मजदुर अटो ई– रिक्सा ईकाई कमिटी लहान सिरहाका अध्यक्ष रामकिशुन महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालाय लहान सिरहाका प्रहरी साहयक निरीक्षक डम्बर बिक्रम दयालीले ट्राफिक नियम बारे कार्यक्रममा चर्चा गरेका थिए । दयालीले यात्रु र चालकको सुरक्षा ब्यबस्थापन गर्न हामी तत्पर छौ , चालकको धेरै कर्तव्य हुन्छ बताए । हाम्रो सुरक्षाको लागि लहानका ट्राफिक प्रहरीले राम्रो भुमिका खेल्नु भएको छ अध्यक्ष महतोले भन्नुभयो । त्यसैगरी, लहान नगर प्रहरीका इन्चार्ज भोगेन्द्र सुरक्षाको लागि चालकलाई लाइसेन्सको आवश्यकतावारे औल्याउँनुभएका थिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१