Siraha Times
ताजा समाचार

लहान यातायात कार्यालयबाट अस्थाई चालक अनुमतिपत्र वितरण सुरु

  • भदौ ३१, २०७८
  • १२१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

यातायात कार्यालयमा भएको कमिकजोरीलाई आत्मसात गर्दै,नयाँ गतिविधिका साथ कार्य अगाडि बढाउने: कार्यालय प्रमुख भट्टराई यातायात कार्यालय लहानले नागरीक संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस प्रमुख जिल्ला अधिकारी कणेल यातायात कार्यालयमा भएको कमिकजोरीलाई आत्मसात गर्दै,नयाँ गतिविधिका साथ कार्य अगाडि बढाउने: कार्यालय प्रमुख भट्टराई यातायात कार्यालय लहानले नागरीक संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस प्रमुख जिल्ला अधिकारी कणेल

महेश सिंह सिरहा लहान ३१ भदौ - सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालय लहानले अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य शुरु गरेको छ। यातायात कार्यालय लहानले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो ।कार्यालय प्रमुख मिन भट्टराईको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कर्णेल का अनुसार यातायातमा रहने बिचोलियाहरुको न्यूनीकरण गर्न र यातायातमा भएको सिमत श्रोत साधन र कर्मचारीहरुले गर्दा केही काठनियाईहरु हुन् सक्लान तर जिल्ला प्रसासण,ईलाका प्रसासन कार्यालय, नापी कार्यालय, यातायात कार्यालयहरुमा आम जनताको भिडभाड निकै हुने गरेका बताए ।

Open Photo

उक्त भिड कम गर्न हामी अन्लाईन सेवा सुरु गर्न पहल गर्ने गरेका छौँ। यातायात कार्यालयले दिने गरेका सेवामा थप सुधार गर्न हामीले लगेका छौँ। नागरी संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस उनको भनाई थियो।कार्यालय प्रमुख भट्टराईका अनुसार कार्यालयमा भएको कमिकजोरी लाई आत्मसात गर्दै नयाँ गतिविधिका साथ कार्यालयलाई अगाडि बढाउने उनले बताउनु भयो। सबैको सल्लाह सुझावको आत्मसात गर्दै अगाडि बढने बताए । विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघको केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ताका अनुसार यातायात कार्यालय लहानले जुन नयाँ QR कोर्डको वितरण गरेको छ त्यो निकै नै सराहनीय काम रहेको बताउदै सुभकामना व्यक्त गरेका थिए।

Open Photo

देशभरिका यातायात कार्यालयको ३२ शाखा मध्ये काठमाण्डौ ,जनकपुर ,महत्तोरीको बर्दिबास र सिरहाको लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण गरेका छन् । यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिनुभयो । सवारी ट्रयाल परीक्षा उत्तीर्ण गरीसके पछी सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नु पर्ने झन्झट,अन्त्य भएको यातायात कार्यालय लहानका प्रमुख मिन भट्टराईले जानकारी दिनु भयो।

Open Photo

 

अब त्यस अवधिसम्म यातायात कार्यालयले दिएको पर्चि बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अनत्य भएको यातायात कार्यालय लहानका प्रमुख भट्टराईले बताए । ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने निमित प्रमुख भट्टराईले बताए । उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए ।
Open Photo
 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१