ठगी काण्डमा मलाई फसाउन खोजिएको हो : पहलमान यादव

  • भदौ ३१, २०७८
  • ४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१, भदौ । समाजिक संजाल र विभिन्न समाचार माध्यमहरुमा प्रकाशित / प्रसारित ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको लहान - ४ का रामशंकर यादव ( पहलमान ) ले बताउनु भएको छ । वुधवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले भने - `मैले स्वस्थ्य समाज निर्माण गर्नको लागि ईमान्दारी पुर्वक जिमखाना संचालन गरिरहेको छु , सो खानालाई बदनाम गर्न गलत नियतिले कुनै ब्यक्तिले / म र मेरो सम्पुर्ण परिवारहरु माथी यस्तो खाले झुठा आरोप लगाएको बताए । यादवले सिरहाको लहान नगरपालिका वडा नम्बर - ४ मा डिएक्स एन प्रोडक्टका दवाई , र जिमखाना ( जिमक्लव) बैध तरिकाले संचालन गर्दै आईरहेको छ । म कसैबाट अबैध तरिकाले पैसा लिएको छैन् , मेरो नाममा सम्पुर्ण पैसा लहान - २४ बस्तिपुर गोविन्दपुर बस्ने राजलाल साहले उठाएको छ , राजलाल साह लगायत उनकि आमा टुनटुन देवी साह र साहको सम्धिनी ( नरगी) कि ललिता साहले म माथी लाखौ ठगि गरेको जुन आरोप लगाएको छ , त्यो सबै झुठो हो यादवले दावी गरे ।

साहको छोरा , छोरी, बहिनी भान्जा लगायत सम्पुर्ण परिवारले डि .एक्स . एनको प्रोड्क्टको दवाई खान्थ्यो ।` म सोझो मान्छे´ साहले पैसा आज नत्र भोलि दिई हाल्छ भनेर करिब १ लाख ३५ हजारको औषधि उधारो दिए , पैसा तिर्न नसकेर उनहरुले म माथी उल्टै यी झुठो आरोपहरु लगाएको पहलमान यादवको भनाई छ । लहान - १० कि मैनादेवी राम संग राजलाल साहले मेरो नाममा १ लाख २० हजार रुपैया उठएको छ, म संग उक्त कुरोको प्रमाण छ (पहलमान) यादवले दावी गरे । साहले आफ्नै सम्धिनी (नरगी) कि ललिता साह संग ४० हजार / ६० हजार गरी जम्मा १ लाख रुपैयाँ उठाएको छ र उक्त आरोप पनि भाईरल भिडियोमा म माथी थुपारेको छ , ` यदवले पत्रकार सम्मेलनमा भने ।

राजलाल साह कि आमा टुनटुन देवि साह दम / छाला ( गर्मी ) रोगबाट ग्रसित थियो, केही महिना अगाडी आमालाई लिएर म कहाँ उपचार गर्न आयो, मैले सो रोगलाई निको पार्न डि .एक्स. एन. प्रोडक्टको दवाई दिन थाले , केही दिन पछि दवाईको असरले उनी निको हुन थाल्यो , बिश्वास भएर साहको सम्पुर्ण परिवारले डि . एक्स . एनको औषधी खान थाल्यो , मलाई साहले पैसा नदिने तर दवाईको पैसा उसले आफै उठाउने , पछि मैले सो कुरो थाहा पाए र पैसा मलाई देउ भनेर भन्दा आज दिन्छु भोलि दिन्छु भन्दै टाल्दै गयो , पहलमान यादवले पत्रकार सम्मेलनमा कुरो राखे । ( गाडी ) ट्रायक्टरको पैसा लगायत जुन १ लाख लगायतको पैसा पहलमानलाई दिएको छु भिडियो भाईरल गरेको छ उक्त कुरो सबै षड्यन्त्र हो । म आज सम्म कसैलाई ठगेको छैन , म नेपाल सरकारले जुन दवाईको दर रेट निर्धारण गरेको छ , सेल गरे बापत उक्त रकम मात्र लिने गरेको छु उनले बताए । मैले आज सम्म कसैबाट अबैधानिक तरिकाले पैसा असुली गरेको छैन् ( पहलमान ).यदवले दावी गरेका छन् ।

क्यान्सर पीडित लहान - २३ कि अमिरका गिरीले २ लाख ६० हजारको दवाई उधारो लिएको छ । साहले पैसा बाकी रहेका सबैलाई उस्काएर पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्या गर्न खोजिएको (पहलमान) यादवले बताए । उनले भने - ` मलाई ठग भनेर चरीत्र हत्या गर्ने खालका भाईरल भिडियो र समाचारमा कुनै प्रकारको सत्यता छैन् । सबै कुरो झुठो हो पैसा तिर्न नसकेर बैईमानी गर्ने नियतले साहले उक्त सम्मेलन गराएको यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१