Siraha Times
ताजा समाचार

ठगी काण्डमा मलाई फसाउन खोजिएको हो : पहलमान यादव

  • भदौ ३१, २०७८
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१, भदौ । समाजिक संजाल र विभिन्न समाचार माध्यमहरुमा प्रकाशित / प्रसारित ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको लहान - ४ का रामशंकर यादव ( पहलमान ) ले बताउनु भएको छ । वुधवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले भने - `मैले स्वस्थ्य समाज निर्माण गर्नको लागि ईमान्दारी पुर्वक जिमखाना संचालन गरिरहेको छु , सो खानालाई बदनाम गर्न गलत नियतिले कुनै ब्यक्तिले / म र मेरो सम्पुर्ण परिवारहरु माथी यस्तो खाले झुठा आरोप लगाएको बताए । यादवले सिरहाको लहान नगरपालिका वडा नम्बर - ४ मा डिएक्स एन प्रोडक्टका दवाई , र जिमखाना ( जिमक्लव) बैध तरिकाले संचालन गर्दै आईरहेको छ । म कसैबाट अबैध तरिकाले पैसा लिएको छैन् , मेरो नाममा सम्पुर्ण पैसा लहान - २४ बस्तिपुर गोविन्दपुर बस्ने राजलाल साहले उठाएको छ , राजलाल साह लगायत उनकि आमा टुनटुन देवी साह र साहको सम्धिनी ( नरगी) कि ललिता साहले म माथी लाखौ ठगि गरेको जुन आरोप लगाएको छ , त्यो सबै झुठो हो यादवले दावी गरे ।

साहको छोरा , छोरी, बहिनी भान्जा लगायत सम्पुर्ण परिवारले डि .एक्स . एनको प्रोड्क्टको दवाई खान्थ्यो ।` म सोझो मान्छे´ साहले पैसा आज नत्र भोलि दिई हाल्छ भनेर करिब १ लाख ३५ हजारको औषधि उधारो दिए , पैसा तिर्न नसकेर उनहरुले म माथी उल्टै यी झुठो आरोपहरु लगाएको पहलमान यादवको भनाई छ । लहान - १० कि मैनादेवी राम संग राजलाल साहले मेरो नाममा १ लाख २० हजार रुपैया उठएको छ, म संग उक्त कुरोको प्रमाण छ (पहलमान) यादवले दावी गरे । साहले आफ्नै सम्धिनी (नरगी) कि ललिता साह संग ४० हजार / ६० हजार गरी जम्मा १ लाख रुपैयाँ उठाएको छ र उक्त आरोप पनि भाईरल भिडियोमा म माथी थुपारेको छ , ` यदवले पत्रकार सम्मेलनमा भने ।

राजलाल साह कि आमा टुनटुन देवि साह दम / छाला ( गर्मी ) रोगबाट ग्रसित थियो, केही महिना अगाडी आमालाई लिएर म कहाँ उपचार गर्न आयो, मैले सो रोगलाई निको पार्न डि .एक्स. एन. प्रोडक्टको दवाई दिन थाले , केही दिन पछि दवाईको असरले उनी निको हुन थाल्यो , बिश्वास भएर साहको सम्पुर्ण परिवारले डि . एक्स . एनको औषधी खान थाल्यो , मलाई साहले पैसा नदिने तर दवाईको पैसा उसले आफै उठाउने , पछि मैले सो कुरो थाहा पाए र पैसा मलाई देउ भनेर भन्दा आज दिन्छु भोलि दिन्छु भन्दै टाल्दै गयो , पहलमान यादवले पत्रकार सम्मेलनमा कुरो राखे । ( गाडी ) ट्रायक्टरको पैसा लगायत जुन १ लाख लगायतको पैसा पहलमानलाई दिएको छु भिडियो भाईरल गरेको छ उक्त कुरो सबै षड्यन्त्र हो । म आज सम्म कसैलाई ठगेको छैन , म नेपाल सरकारले जुन दवाईको दर रेट निर्धारण गरेको छ , सेल गरे बापत उक्त रकम मात्र लिने गरेको छु उनले बताए । मैले आज सम्म कसैबाट अबैधानिक तरिकाले पैसा असुली गरेको छैन् ( पहलमान ).यदवले दावी गरेका छन् ।

क्यान्सर पीडित लहान - २३ कि अमिरका गिरीले २ लाख ६० हजारको दवाई उधारो लिएको छ । साहले पैसा बाकी रहेका सबैलाई उस्काएर पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्या गर्न खोजिएको (पहलमान) यादवले बताए । उनले भने - ` मलाई ठग भनेर चरीत्र हत्या गर्ने खालका भाईरल भिडियो र समाचारमा कुनै प्रकारको सत्यता छैन् । सबै कुरो झुठो हो पैसा तिर्न नसकेर बैईमानी गर्ने नियतले साहले उक्त सम्मेलन गराएको यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१