छुरा प्रहार गरि भागेका दुई युवक पक्राउ

  • भदौ २८, २०७८
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनौजी गाउँपालिका– ५ निवासी ३५ वर्षीय सराेज मण्डललाई छुरा प्रहार गरी फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका– ५ निवासी २० वर्षीय मनिष मण्डल र सोही वडाका २२ वर्षीय राजिव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकरी गराएका छन् । शनिवार राति धनौजी गाउँपालिका– ५ स्थित बहुअर्वामा राती नाच हेर्ने क्रममा आपसी विवाद हुँदा मण्डलमाथि छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट मण्डल पेटकाे भागमा गम्भीर चोट लागेको छ । उनको थप उपचार काठमाण्डौकाे ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेककाे आफन्त राजकुमार मण्डलले जानकरी गराएको छ । छुरा प्रहार पछि फरार उनीहरूलाई शनिबार राती पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१