Siraha Times
ताजा समाचार

मनकारी `महेश’ चौधरीद्धारा लहान-१९नौडेगा टोलका गरिव विपन्नलाई राहत वितरण

  • भदौ २६, २०७८
  • ११९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २६ भदौ। सिराहाको लहान नगरपालिका–१९नौडेगा टोलका फरक शारीरिक क्षमता भएका २५ घरधुरीलाई आज समाजसेवी महेश चौधरीले १० किलोका दरले चामल, खाने तेल र नुन राहत सामग्री वितरण गरेका छन् । स्वर्गीय संगिता कर्माचार्य प्रतिष्ठान लहान -७ को सहयोगमा सो राहत वितरण गरिएको हो । उनको श्रीमती स्वर्गिय संगतिा कर्माचार्यको सम्झनामा राहत सामग्री वितरण गरेका छन् । यो मस जोडी सिरहावासीलाई असाध्यै रुचाइएको पनि थियो । समाजसेवी चौधरीले लहान नगरपालिका लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिले सम्म ४ हजार जति घरधुरीलाई राहत वितरण गरसिकेका छन् ।

Open Photo

जसको लागि उनले निजी आफ्नो गोजीबाट ७०-८० लाख हाराहारीको खर्च गरि सकेका छन् भने, साथीभाइको सहयोगमा भने एक करोड भन्दा माथी नै खर्च गरि सकेका समाजसेवी चौधरीले बताए । महेश चौधरीको समाजसेवा देखेर लहान नगरपालिका नौड़ेगामा उनलाई भावी नगर प्रमुखको रुपमा हेर्न थालिएको छ । नेपाली काँग्रेस पार्टीसंग आवद्ध रहेका चौधरीले आफुलाई विश्वास गरेर पार्टीले स्थानीय तहको चुनावमा टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१