आत्महत्या रोकथामको लागी सरोकारवालाको भुमिका कार्यक्रम सम्पन्न

गरिब र अशिक्षाको कारण आत्महत्या बढदै : लहानका डिसपी दहाल

  • भदौ २६, २०७८
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ भदौ - आत्महत्या रोकथामको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।महिला मानव अधिकारको संयोजक रेनु कर्णकी अध्यक्षतामा सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रसारण कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खडका रहनु भएको थियोे। कार्यक्रममा लहान नगरपालीकाको स्वास्थ्य साखाको प्रमुख राम सुन्द यादवका अनुसार कुनै एक जना बाट यस्तो घटना रोक्ने बला छैन यो घटनालाई समाज नै यसको उन्मुलन गर्न लाग्नु पर्ने उनले स्वागत मन्तव्यमा बताए।उक्त कार्यक्रम लहान नगरपालीकाले आयोजना गरेको थियोे। महिला अधिकारकर्मि तथा मुक्ति नेपालका संस्थापक श्याम कुमारी साहकी अनुसार आत्महत्याको जुन मानवमा सोच उत्पादन हुने गरेको छ हामी संगै परिक्षण र अभियानको रूपमा लगनु पर्छ बताए ।

Open Photo

अर्को अतिथि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा . तपन दाहालका अनुसार गरिब र अशिक्षाका को कारण पनि हो र सचेतनाको कुराहरु ध्यान दियो भने उन्मुलन हुन्छ उनलेे बताउनु भयो । डा.महेन्द्र चौधरीका अनुसार समाजमा गति शिलताको कुरामा ध्यान गर्नु र खास गरेर समाजमा अस्मानताले गर्दा आत्महत्या हुने गरेगा छन् । मनो शिक्षा सुरु गर्दा स्कुलहरुमा अभियान चलाउनु जरुरी नै रहेको बताए । उप मेयर सरियार चौधरीका अनुसार महिलाले जन्मै देखी अधिकार नै पाएको छैन बताए । महिला हाम्रो समाजमा महिला दिदी बहिनीहरुलाई आत्महत्या गर्न तिर धकेल्न लागेका छन् ।

Open Photo

शस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठ का अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको देखि छ्।नेपालमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्यले देखाउ छ्न। त्यस मध्ये आबेगमा आएर ५ % ब्यक्तीले आत्महत्या गर्ने गरेका छन्।सिरहामा दोस्रो लकडाउनमा ३८ जना ब्यक्तीले आत्महत्या गरेको छ ।

Open Photo

गरिब,अशिक्षा लगायतका तनावले ब्यक्तीले आत्म हत्या गर्ने गरेको आयोजकले जानकारी दिनु भयो। उक्त कार्यक्रमको संचालन रेडियोकर्मि तथा मानव अधिकारकर्मि राम भरोसी महतोले गरेका थिए। कार्यक्रममा पत्रकार ,मानव अधिकारकर्मि ,विद्यार्थी समाज सेवी बुद्धिजीबी लगायत सयौं सरोकार बला ब्यक्तीहरुको सहभागीता अधिकारकर्मि अनिता चौधरीले जानकारी दिनुभयो।

Open Photo

 

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१