हार्दिक बधाइ : MCC ओली द्वारा सिधै विरोध देश भर ओली कै चर्चा

  • भदौ २४, २०७८
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् । एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी हुन् । बिहीबार विहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष ओलीसँग गरेकी छन् । एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागी थिए । ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएका हुन् । ‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्राईले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१