Siraha Times
ताजा समाचार

हार्दिक बधाइ : MCC ओली द्वारा सिधै विरोध देश भर ओली कै चर्चा

  • भदौ २४, २०७८
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् । एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी हुन् । बिहीबार विहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष ओलीसँग गरेकी छन् । एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागी थिए । ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएका हुन् । ‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्राईले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१