Siraha Times
ताजा समाचार

सूचना तथा संचार मन्त्रालयको आदेश विपरित च्यानल संचालन गरेको खुलासा

  • भदौ २४, २०७८
  • ११८० पटक पढिएको
  • रामएकवाल राम
alt

रंजित चौरसिया,वीरगंज २४ भाद्र । तराइको एक मात्र महानगरपालिका बिरगंज महानगर भित्र सूचना तथा सन्चार मन्त्रालयको धज्जी उडाउदै सिम टिभी संचालनमा आएको छ । इलेक्ट्रोनिक समान खरिद बिक्रि गर्ने कागजातको अधारमा सिम टिभी संचालनमा आउनुको साथै सूचना तथा संचार मन्त्रालयले दिएको निर्देशनको धज्जी उडाउदै भारतीय च्यानलहरू संचालनमा ल्याएको हो ।

बिगत केही दिन अगाडी केही ब्यक्तिहरू अबैध तरिकाले यस्ता टिभीहरू संचालन गरेको बेला जिल्ला प्रशासन कार्यालय पर्साको आदेशले बन्द गरिएको थियो । तर यता नेपालमा दर्ता नै नभएका च्यानलहरू केबल टिभीबाट प्रशारण हुनु र त्यस माथी कारवाही नहुनु बिडम्बनाको बिषय बनेको छ । बिरगंज क्षेत्रमा प्रशारण भइरहेको सिम टिभीको बिषयमा समाचार संकलन गर्ने क्रममा यस्तो रहस्यको उजागर भएको छ ।

इलेक्ट्रोनिक समाग्री खरिद बिक्री गर्ने कागजातको अधारमा सिम टिभी सन्चालन गर्नु र समबन्धित निकाय भनिएको जिल्ला प्रशासन कार्यालय हालसम्म मौन बस्नु दुर्भाग्यको बिषय बनेको छ । कुनैपनी क्षेत्रमा यस्ता टिभी सन्चालन गर्नको निम्ति आदेश लिनु पर्ने हुन्छ तर कुनै किसिमको आदेश नै नलिइ, मात्र इलेक्ट्रोनिक समाग्री खरिद बिक्री गर्ने कागजातको अधारमा सिम टिभी संचालनमा ल्याएको श्रोतले बताएका छन । श्रोतले जनाए अनुसार आज भन्दा केही महिना अगाडी सूचना तथा संचार मन्त्रालयले भारतीय च्यानलहरूमा कुनै किसिमको प्रचार प्रसार नगर्न गराउन निर्देशन दिएको थियो । तर उक्त निर्देशनलाइ धज्जी उडाउदै सिम टिभीले प्रचार प्रसार सहित भारतीय च्यानलहरूलाई संचालनमा ल्याएको छ ।

यस बिषयमा बिरगंज शाखा क्षेत्रको जिम्मेवारी पाएका सुनिल महतोले ३-४ वटा च्यानल त्यस्तो किसिमको संचालनमा आएको स्विकार गर्नु भयो । उहाले त्यस्तै छ भने आफुहरू उक्त च्यानल बन्द गर्न समेत तयार रहेको बताउनु भयो । तर आफुले पूरै बिधिवत रूपले सबै कागजात पेश नै गरि सिम टिभीको जिम्मेवारी लिएको ठोकुवा गर्नु भयो ।

यता केन्द्रबाट प्रसारण गर्ने सिम टिभीका कर्मचारी सुदिप गौतमले यस बिषयमा बुझन खोज्दा एकैछिनमा सम्पर्कमा आउन बताएपनी सम्पर्कमा आएन्न । आफ्नो कमि कमजोरी लूकाउन अथवा ढाकछोप गर्नको निम्ति बहाना बनाउदै एकैछिनमा सम्पर्कमा आउन बताउदै फोन काटेका थिए । यस्ता गतिविधि प्रशारण गर्ने केबलहरूबाटै हुन थालेपनी समबन्धित निकायको मौनताले ठूलो प्रश्न खडा भएको छ । अनुगमनमा ढिलाइ भएपछी यस्ता गतिविधि गरि कमाइ खाने भाडो बनाउने ब्यक्तीहरू समेत सकृय भएका छन । तसर्थ यस्ता गतिविधि गर्ने टिभीहरू माथी जिल्ला प्रशासन कार्यालय पर्साको साथ साथै सूचना तथा सन्चार मन्त्रालयको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१