गुणस्तरीय शिक्षा सुधारका लागि लहानमा संवाद कार्यक्रम सम्पन्न

  • भदौ २३, २०७८
  • ११०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २३, भदौ । सिरहाको लहान नगरपालिकामा आज एक दिने गुणस्तरीय शिक्षाका लागि हाम्रो भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा ‘‘ नि– शुल्क , गुणस्तरीय शिक्षा सम्भव छ’’ भन्ने मुल नारा सहित शिक्षासंग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको सामुहिक सहभागितामा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानिय सरकारको अधिकार क्षेत्रभित्र पर्ने शिक्षा क्षेत्रमा भएको प्रगती र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा सरोकारवाला निकायका जनप्रतिनिधि , शिक्षक र नागरिक समाजका अुवाहरुसंग ब्यापक रुपमा सामुहिक रुपले छलफल र अन्तरक्रिया गरिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला समन्वय समिति सिरहाले जनाएको छ । लहान नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि बिधार्थी , अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्ध कायम गर्न स्थानिय सरकार र नागरिक समाजले गरिरहेको प्रयासहरुको बारेमा चर्चा भएको जनाईएको छ । बिधालयहरुको भौतिक निर्माण ब्यबस्थापन , सुचना प्रविधिको पहुँच , शिक्षा क्षेत्रका विकासका लागि छुट्याईएको स्थानित तहको बजेट , निति तथा कार्यक्रमहरुको कार्यान्वयनको अबस्थाको बारेमा सामुहिक रुपमा चर्चा भएको थियो । ( NCE Nepal ) का जिल्ला अध्यक्ष उमेश कुमार बिसुन्केको अध्यक्षतामा संचालित कार्यक्रममा लहान नरपालिकाका उप – प्रमुख सरियार कुमारी चौधरी , शिक्षा समितिका संयोजक राजकुमार साह , प्रधानाध्यापक एवम् शिक्षा विज्ञ उधब हमाल लगायत नगरपलिकाका शिक्षा संग सम्बन्धित कर्मचारीहरु , प्रधानाध्यापक, शिक्षक , पत्रकार लगायतको सहभागितामा कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रमको उदघोषक ईन्सेकका सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

वेतहामा प्रथम कोदो द ...

रहमुल लहान १८ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहामा प्र ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १६ श्रावण। नेशनल मेडिकल कलेज प्रा.लि.वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्र ...

खानेपानीको निहुँमा न ...

ओम प्रकाश यादव लहान, साउन १६ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न.५, निपनिया मलहटोलीमा खानेपानी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१