पुर्व कानुन मन्त्री अजय शंकर नायक लाई गृहजिल्ला सिरहामा भबिय रुपमा स्वागत

  • भदौ २२, २०७८
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान , २२ भदौ- सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको जिल्ला समन्वय समितिको इन्चार्ज पुर्व कानुन मन्त्री अजय संकर नायक अभिनाष भएपछि सोमबार स्वागत तथा सम्मान गरिएको हो । नेपाल कम्यूनिष्ट पार्टीको गठ मानीएको कर्जन्हा नगरपालिकाको जनसमुदायहरुलाई विकास निर्माणको कार्य र सेवासुविधा लगायतका विभिन्न पक्षहरुको आवश्यकता भएको हुँदा अबको दिनमा एक ढिका भएर जानुभन्दा अर्को विकल्प नरहेको कर्जन्हा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष कपिल देव यादवले कार्यक्रममा बताए। कर्जन्हाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको कार्यक्रममा कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, वडा अध्यक्ष कार्यपालिका सदस्य र नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको अगुवा नेता कार्यकर्ताहरुको उपस्थितीमा सम्मान गरिएको छ ।

Open Photo

कर्जन्हा नगरपालिकाको लागि विवादको रुपमा खडा भएको कर्जन्हा नगरपालिकाको प्रशासनीक भवन निर्माणको समस्या समाधान भएको हुँदा प्रशासनिक भवन निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्राह गरे । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी मायोवादी केन्द्रको पुर्व मन्त्री तथा सिरहा जिल्ला समन्वय समितिका इन्चार्ज अजय संकार नायक (अभिनाष) ले आफुहरु पछाडी परेको समुदायको हकहितमा काम गर्न अझै आवश्यक रहेको बताएका छन् । कार्यक्रममा स्थानिय नेता कार्यकर्ता लगायत विभिन्न वक्ताहरु विभिन्न समस्याको समाधानको उपाय खोज्दै अबको दिनमा पछाडी परेका समुदायहरुको उन्नतीका लागि आवश्यक कार्य गर्नुपर्ने बताएका छन् । १० वर्षे जनयूद्ध लगायतका विभिन्न अधिकारका लडाईमा कागजमा अधिकार लेखिएपनि हामीले अझैपनि उहाँहरुको लागि काम गर्नुपर्ने आवश्यक रहेको बताएका छन । साथै, हामी एमसीसीको विरोधी नरहेको तर एमसीसी देशको विकासको लागि र जनताको पक्षमा हुनुपर्ने समेत हाम्रो धारण रहेकोले एमसीसीलाई भ्रमको रुपमा नलिनका लागि उहाँले आग्राह गर्नुभयो । कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा विकासले तिब्रता लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिकाको प्रशासनीक भवनको समेत शिलान्यास छिटै गरिने कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले जानकारी दिए।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१