नवराजपुर गाउँपालिकामा परिवर्तन गर्ने खालका युवा नेतृत्वको खाँचो : नेता यादव

  • भदौ २१, २०७८
  • १३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २१ भदौ। सिरहाको नवराजपुर गाउँपालिकालाई आमुल परिवर्तन गर्ने नेतृत्वको खाँचो रहेको जनता समाजवादी पार्टी गाउँपालिका स्तरिय गाउँ कमिटिका अध्यक्ष शिव उदगार यदव (शिवा) ले बताउनु भएको छ । शिक्षा , स्वास्थ्य , कृषि , भौतिक पुर्वाधार , युवाहरुको रोजगार लगायतको क्षेत्रमा अन्तर आत्मादेखी परिवर्तन गर्ने खालका नेतृत्वको खाँचो रहेको नेता यादवले बताउनु भएको छ । सोमवार अनौपचारिक रुपमा पत्रकारहरु संग साक्षिप्त कुराकानी गर्दै नेता यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधिहरु स्वार्थमा लिप्त भएको छ , नवराजपुर गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरु पुर्ण रुपमा स्वार्थमा लिप्त भएको उनले दाबी गरे । जनताले विकासको अनुभुती पाएका छैन , प्रतिक्रिया लिदा थाहा हुन्छ , कार्यपालिकाको विकास मात्र भएको हो नेता यादवले बताए ।

Open Photo

हरेक विकास निर्माणको कार्यमा यहाँ भ्रष्टाचार हुने गरेको बताउँदै नेता यादवले भने – ‘ मैले पटक पटक भ्रटाचार हुन नदिन बिभिन्न कानुनी प्रक्रिया अबलम्बन गरेपनी आज सम्म त्यसको कुनै पनी सुनवाई नभएको प्रतिक्रिया दिए । पालिकाले संचालन गरेका बिभिन्न योजनाहरुमा अनियमितता भैरहेको छ , सचेत गराउनका लागी पटक पटक लिखित रुपमा सुचना पाउँ भन्ने निबेदन दिँदा पनी त्यसको लिखित जवाफ हाल सम्म पनि पालिकाले नदिएको उनले पत्रकारहरु समक्ष गुनासो पोखे ।

Open Photo

सुचना पाउनका लागी बिभिन्न समयमा दर्ता गराएको निवेदन देखाउँदै यादवले सरोकारवाला निकायलाई सही रुपमा योजनाहरुको अनुगमन गरिदिन आग्रह गरे । भौतिक पुर्वाधार लगायत लक्षित वर्गका योजनाहरुमा ब्यापक रुपमा अनियमितता भएको छ । कतिपय योजनाहरुमा कामै नगरी कागजी मिलानको आधारमा भुक्तानी भएको छ । उनले दाबी गरे । म संग हरेक प्रमाणहरु छ म प्रमाणको आधारमा बोलेको छु नेता यादवको भनाई रहेको थियो ।

Open Photo

स्थानिय तहको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम नेपालबाट उनी गाउँपाकिला अध्यक्षका प्रत्यासी उम्मेदवार थिए । निर्वाचित गाउँपालिका अध्यक्ष विश्वमोहन यादवबाट उनी १३४ मतकोको फरक अन्तरले मात्र उनी पराजित भएका थिए । बिधिवत रुपमा पराजित भएपनी उनले आफुलाई समाजको माया र जनताको प्रेमले आफु पराजित नभएको बताए ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१