Siraha Times
ताजा समाचार

मेयरको डिजाईनमा तोड्फोड र अभद्र व्यवहार गरेको यातायात ब्यवसायीको आरोप

  • भदौ १३, २०७८
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३, भदौ ।यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्व रूपमा निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध उनिहरुले प्रदर्शन गरिरहेका छन् । बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफुहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको सर - समान र कागजातहरु जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनिहरुको ठहर छ ।

No description available.

लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक लहानका यातायात ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दु:ख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रालि लहानले जनाएको छ । प्रालिका सम्पुर्ण पदाधिकारीहरुले शुक्रवार लहान -८ स्थित आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो । सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने गरेको उनिहरुको बुझाई छ । मेयर ज्युको अगाडि लहानको बुद्दिजिवीहरु केही हैन , उनी मात्र लहानमा नमुना पिस ब्यक्ति भएको सामुहिक रुपमा ब्यवसायीहरुले आक्रोश पोखे ।

No description available.

मेयर साब धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोई बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन्, `व्यंग्यात्मक तरीकाले नाम नखोल्ने शर्तमा एक जना बस ब्यवसायीको भनाई छ ।, पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो , हामी नगरपालिकाले बसपार्क ब्यबस्थित गर्न तयार छौ , प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए, तर यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने - काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो ब्यक्तिगत अफिस जस्तै हो ।,

No description available.

काठमाडौको कलन्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भको छ भने मेयर साहव र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का ब्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाई नभएसम्म लामो तीन सुत्रीय कानुन सम्बत माग राख्दै आन्दोलन चलीरहने उनिहरुले सम्मेलन मार्फत बताएका छन् । जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउदैनौ र राखदैनौ संयुक्त रात्रीकालिन सेवा काउन्टका शम्भुचौधरीले बताए । बसपार्क जहाँ भएपनी हामिलाई मतलब छैन हामी ब्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौं पुनः ब्यवसायीहरुले दोह्र्याए । यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने उनिहरुले तर्क गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१