यातायात व्यवसायी मांग सहित लहान नगर प्रहरी विरुद्ध विज्ञप्ति जारी;यातायातको लगानी जोखिममा

  • भदौ १२, २०७८
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान|भदौ ११ गते।ट्राफिक प्रहरी र लहान नगर प्रहरीले बिहीबार ज्यादती गरेको भन्दै लहानका यातायात क्षेत्रका मजदुर आन्दोलित भएका थिएत्यसलाई मध्यनजर गर्दै सगरमाथा यातायात बस व्यवसायी प्रा.लि. लहानले आज आयोजित गरेका पत्रकार सम्मेलनमा यातायात क्षेत्रका मजदुरहरुले गरिखाने अधिकारको विरोधमा प्रहरी प्रशासन र लहान  नगरपालिकाको ज्यादती विरोधमा कार्यक्रम सम्पन्न गरिएको हो । नगर प्रहरीले बिहीबार बेकुसुरमा सटर भित्रका सामाग्री खोसेका ( जफत ) गरि नगरपालिका लगिएको थियोे। यस्तो मनपरी गर्ने पालिकाका प्रहरीलाई प्रालिले  हदै सम्म कारबाहीका मांग समेत गरेका छन। received_923509121844034 यस्तो कार्यले यातायातका लगानी पानीमा हराएर गएको व्यवसायीहरुका कथन राखेका थिए। सहकार्य विना यातायात सवारी सञ्चालन बाधा नै रहने विश्वस्त देखिन्छ। आजको कार्यक्रममा सगरमाथा यातायात बस व्यवसायी प्रा.लि. लहानकाका अध्यक्ष हरि नारायण यादव , उपाध्यक्ष अरुण महतो , रात्री बस बुकिङ्ग काउण्टरका संञ्चालक दिपक श्रेष्ठ , नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता , लगायत विभिन्न मिडियामा आवद्ध  एक दर्जन पत्रकारहरु, यातायात क्षेत्रका सम्पूर्ण मजदुरहरुको उपस्थिति देखियो। बिहीबार अमानवीय किसिमले ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले राजमार्गमा राखिएको काउण्टरहरु जफत गरिएका थिए। यातायात प्रालिले तीन शुत्रे मांग सहित विज्ञप्ति जारी गरिएका छन:- - लहान नगरपालिका तथा प्रशासनको ज्यादती सम्बन्धमा - राष्ट्रिय राजमार्गमा यात्रु ओराल्ने तथा चढाउने सम्बन्धमा - साना गाडी सञ्चालन सम्बन्धमा यी विज्ञप्ति सहित प्रशासनलाई सचेत गराएका छन। त्यसैगरी यातायात व्यवसायीहरुले गरिरहेका कामकाज बारे गहन रुपमा छलफल गरिएको छ। लहान बजार भर करिब २० वटा दिवा तथा रात्रि बस बुकिङ्ग काउण्टरहरु रहेका छन। भने अहिले यातायातका साधनहरुमा २८ % प्रतिशतले भाडा दर बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१