दुरसँचार प्राधिकरणबाट महोत्तरीका राय सम्मानित

  • भदौ ११, २०७८
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी ११ भदौ। नेपाल दुरसँचार प्राधिकरणले महोत्तरीका एक युवक सम्मानित भएका छन् । महोत्तरीका युवक राजेश कुमार रायले एनसेलको एपमा देखिएको समस्यालाई प्राधीकरणलाई समयमै जानकारी गराएको भन्दै उनलाई प्रशँसा पत्र प्रदान गरिएको छ । दुरसँचार प्राधीकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रशँसा पत्र दिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।

सोही गुनासोको आधारमा प्राधीकरणलाई सहयोग गरी योग्दान पुरयाएको भन्दै रायलाई प्रशँसा पत्र प्रदान गरिएको नेपाल दुरसँचार प्राधीकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् । केही दिन अगाडी मात्रै नेपाल टेलिकम मा अरु को ब्यालेन्स र डाटा जो कसै ले जो कसै को हेर्न सकिने कमजोरी पत्ता लगाइ नेपाली टेलिकम लाई सचेत गराएको थियो। र टेलिकम ले तुरुन्तै आफ्नो कमजोरी सुधार गरेको पनि थियो। आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुरयाउने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१