Siraha Times
ताजा समाचार

स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु आजबाट सञ्चालनमा

  • भदौ १०, २०७८
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान,भदौ १० गते। जिल्ला उधोग वाणिज्य संघ लाहानको सभा हलमा बुधबार एक पत्रकार सम्मेलन गरी स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु बिहीबारबाट सञ्चालन हुने निर्णय भएको हो । कोविड-१९ का कारण बन्द रहेका सिरहाका निजी तथा संस्थागत विद्यालय ०७८भदौ १० गते बिहीबार खुल्ने निर्णय भएका छन। भौतिक उपस्थितमै स्वास्थ्य मापदण्ड अपनाई कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विषयहरु पठनपाठन नियमित रुपमा सञ्चालन हुने भनिएको छ।

नेशनल प्याब्सन सिरहा र प्याब्सन सिरहाको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता प्याब्सन सिराहाका अध्यक्ष लालबाबु राय , नेशनल प्याब्सन उपाध्यक्ष सुदिप चौधरी , नेशनल प्याब्सन प्रदेश न.२ का अध्यक्ष जय प्रकाश चौधरी , नेशनल प्याब्सनका केन्द्रीय सदस्य पाण्डव हमाल , नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता , अध्यक्ष मनोज बनैता लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरु उपस्थिति देखिएको थियोे । राष्ट्रको निर्माण गर्ने विद्यालयहरु बन्द हुनुले राष्ट्रका हजारौं कर्णधारहरुको भविष्य अन्धकारमै बन्दै गएको प्रति दुःख व्यक्त गर्दै विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरी विद्यालय खोल्ने निर्णय भएको हो ।

विद्यालय नपुगेका विद्यार्थीहरुमा मानसिक तनाव , डिपरेसन , नाकारात्मक प्रभाव समेत परिरहेको देखिन्छ। निजी विद्यालयहरुले गरिरहेका कामकाज बारे गहन रुपमा कार्यक्रममा छलफल भएको छ। स्वास्थ्य मापदण्ड अपनाउने संस्थागत विद्यालयहरुको प्रतिबद्धता:- - विद्यालयमा मास्क विना प्रवेश निषेध , मास्क अनिवार्य लगाएर आउनुपर्ने । - प्रवेश द्वारमा प्रत्येक शिक्षक , विद्यार्थीको थर्मल गनबाट तापक्रम मापन गरिनेछ । - कक्षाकोठालाई दिनहुँ सेनिटाईजिङ्ग मार्फत सफासुग्गघर गरिनेछ । - विद्यालय परिसर छिर्ने वितिक्कै सावुन पानीले हात धुने । - स्कुल बस सम्बन्धि मापदण्डहरु अपनाउनेछ। - कक्षा सञ्चालन तथा शिक्षण विधि तथा कोरोनालाई ध्यानमा राखी पुर्ण सुरक्षित साथ शिक्षालय सञ्चालन गरिने विद्यालय सञ्चालकहरुले भनिएका छन।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१