Siraha Times
ताजा समाचार

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि साहद्वारा च्यापकटर, मिल्क क्यान वितरण

  • भदौ ७, २०७८
  • १३६९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधम  : प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा र यस श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनमा अनुदानको पशु कृषि औजार(मिल्क क्यान) बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएका  प्रदेश न. २ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रि  शैलेन्द्र प्रसाद साह ज्यूलाई श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष श्रीमती दिपलक्ष्मी खरेल ले सम्मान समेत गर्नु भयो।

बारा जिल्लाका कोल्हवी  नगरपालिका वडा न.२ हनुमानगंजलाई श्री जय कालिका महिला दुग्ध उत्पादक सहकारी संस्था लि. मोटर सहितको च्यापकटर मेसिन बितरण गरेको हो ।प्रदेश सरकारको हुलाकी मार्ग दुग्ध मिशन कार्यक्रम अन्तर्गत जयकालिका महिला दुग्ध उत्पादन सहकारी संस्था लि. कोल्हवी नगरपालिका बाराका किसानहरुलाई इलेक्ट्रीक च्यापकटर, मिल्क क्यान तथा औषधी लगायतका सामग्रीहरू एक कार्यक्रम बिच वितरण गरिएको छ ।

बाराका ब्यवसायीक पशुपालक किसानहरुलाई प्रदेश सरकारले ५०% को अनुदानमा मोटर सहितको च्यापकटर मेसिन उपलब्ध भयो।किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिनले किसानलाई धेरै सहजता दिलाउने बारा जिल्लाका भेटनरीका प्रमुख शंकर साहले  बताए ।किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ ।

कृषिको विकासबाट पनि नै कृषि ब्यवसायी फर्मले  विकास र समृद्धिलाई  हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसान र ब्यवसायी फर्मलाई  सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।प्रदेश न.२ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहले भने 'कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताए' ।

कृषिमा  व्यवसायीकरण गर्न मन्त्रि साहले  लागिहरेको भन्दै  उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु प्रदेश न. २ को  योजना रहेको बताए, साथ् साथै मन्त्रि साहले भने गोबरको लागि होईन दुधको लागि पशुपालन गारौं समत बताए   ।

कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  साहको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक ब्लेयवसायीकले  नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए  ।

ब्यवसायीहरुको आत्मबल विकाससँगै किसानलाई  व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व प्रदेश २ सरकारले गर्ने समेत बताए  ।यस कार्यक्रममा उपस्थिति हुने यस नपाका नगरप्रमुख सहित संस्थाका सबै शेयरधनि उपस्थित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१