नयाँ पार्टी दर्ता गरि अगाडि बढ्ने:हृदयेश त्रिपाठी

  • भदौ ६, २०७८
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समुहको उदय भएको बताए । कपिलबस्तु महाराजगंजमा नगरपालिका ७ समयमातापुरम मन्दिरको धर्मशालामा सम्पन्न स्वतन्त्र राजनितिक समुहको शुभचिंतकहरुको भेटघाट कार्यक्रम प्रमुखअतिथिकाे रूपमा बाेल्दा हिजाे ब्यक्त गरेका हुन् ।

No description available.

त्यस क्रमा उनले थप भने -संसद पुनर्स्थापना गर्ने कुरा अदालतकाे आधिकार कार्य क्षेत्रमा छ तर अदालतले व्यक्तिलाई नै ताेकेर प्रधानमन्त्री बनाउनु भन्ने कुरा अदालतकाे कार्यक्षेत्र भित्र पर्दैन। संसदकाे अधिकार माथि अतिक्रमण भएको छ । संसदले मात्र प्रधानमन्त्री बनाउन सक्छ । विस्तारै विस्तार संविधान नै खतरामा गइरहेको राष्ट्रको राजनीति घटनाले पुष्टि गरि रहेको उल्लेख गर्दै उनले देशको राजनीतिक अवस्था विचलित रहेको हालको सरकार पनि जिम्मेवारी पुरा गर्न नसक्दै सांसद विघटन गरि वैशाख सम्ममा तिनै तहको निर्वाचन समेत हुन सक्ने अवस्था रहेको पनि कुरा उठाए।

No description available.

मैले आज पनि मधेशी जनताको हक अधिकारका कुरा नबिर्सेको दर्ता हुने नया पार्टीले मधेश तथा किसानहरुको हक अधिकारको लागि प्रमुख उद्देश्य राखि काम गर्ने छ । कार्यक्रमका विशिष्ट अतिथि पुर्व मंत्री मिश्राले जनतालाई सम्बोधन गर्दै भने आफु मंत्री हुदा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण गाउको सड़क निर्माण स्तरोन्नती र बाटो पिचको काम गरे । आफु यो क्षेत्रका जनताको सेवकको रुपमा रहेको र म चुनावमा पराजित भये पनि जनताको हित र क्षेत्रको विकासमा माननीय हृदेश त्रिपाठीको सहयोगमा यसक्षेत्रमा १३ करोड़को रकम जनताका लागि ल्याएको बताउदै आफु सधै यस क्षेत्रका जनताको मनभावना बुझने हरेक सम्भव कोशिश गरेर विकास गर्ने कुरा बताउदै आउने चुनावमा जनताले मूल्यांक गर्ने छ ।

गोबर्धन मौर्याको अध्यक्षता तथा कार्यक्रममा, स्वतंन्त्र राजनितिक समुहका नवलपरासी संयोजक राधेश्याम उपाध्यय रामनरेश उपाध्याय अतिथिमा विनोद ठाकुर नरेन्द्र चौधरी,सुदामा कुशहवा पनि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथिलाई नेता तथा अभिनेता श्याम कुमार मिश्राको अगुवाइमा प्रेम शंकर शुक्ला लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमीहरुले स्वागत गरेका थिए।

कार्यक्रममा डां भानु त्रिपाठी,दुर्गेश त्रिपाठी,

देवेंद्र चौधरी, हरद्वार चौधरी

रामप्रित यादव,ब्रम्हा विश्वकर्मा,परमेश्वरी दयाल मिश्रा, इन्द्रजीत यादव,चिन्नीलाल कुर्मी, शमा मुसलमान,गोली केवट,पंचराम कहार, रामवतार बराइ,श्रावण कुमार चौधरी लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमी,विकासप्रेमी, स्वतंन्त्र राजनितिक समुहका शुभचिंतक पत्रकार सुरक्षाकर्मी लगायतहरुको उपस्थिती रहेको थियो।कार्यक्रम संचालन राजकुमार चौधरीले गर्नु भयो l

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१