ललकु माविमा मुर्ति अनावरण दाता परिवार लगायत दर्जनौं समाजसेवी लाई सम्मानित

  • भदौ २, २०७८
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान - २ भदौ -सिरहाको लहान नगरपालिका वाडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा साेमवार बृहत् जनसमुदायकाे उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई काे २५ ब्याच निकाल्न सफल रहेकाे उपलक्ष्यमा भव्यताकाेसाथ कार्यक्रम गरेको छ । विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानकाे पुर्व प्र.अ विश्ववनाथ महताे,फुलेश्वर महताे,लनपा वाडा नं ३ काे वाडा अध्यक्ष राम दयाल महताे लगायतका उपस्थिति रहेको थिए ।

Open Photo

कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयाेगी मनहरुलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए । गणेश भगवान,हनुमानजी र महादेवकाे मुर्ती स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महताे, हिरालाल महताे लगायतलाई अध्यक्ष महताेले धन्यवाद दिदै उहाँहरुले विधालयकाे विकासमा गरेको याेगदानकाे वारेमा चर्चा गर्नु भएको थियो ।

Open Photo

मनतव्यकाे क्रममा फुलेश्वर महताेले याे विधालय एउटा ऐतिहासिक विधालय हाे यहाँ सदियाे देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवकाे मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशी भएका छन् । अध्यक्ष महताे न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर याे विधालयलाई दिन प्रतिदिन प्रगतिकाे पथमा लगिरहेकाे कुरा व्यक्त गर्नु भयाे । प्र.अ शिव शंकर महताेले याे विधालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर पछि नहटेकाे कारण प्रत्येक वर्ष एसईईमा राम्रो परिणाम ल्याउन सफल भएकाे जनाउनु भयाे ।

 

 

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१