Siraha Times
ताजा समाचार

विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरे

  • साउन ३२, २०७८
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमवार गाउँपालिको वडा नं. १ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेको छ कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो छ जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन बतताउनभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्नेर र अहम भूमिका रहने बताउनुभयो कार्यक्रममा विजयनगर गाउँपालिका कमिटीका अध्यक्ष थर्क बहादुर खान्गाहा, सचिव गोकर्ण प्रसाद सापकोटा, जिल्ला सदस्य दिपेन्द्र मोहर, इन्नर थारु लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१