विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरे

  • साउन ३२, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमवार गाउँपालिको वडा नं. १ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेको छ कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो छ जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन बतताउनभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्नेर र अहम भूमिका रहने बताउनुभयो कार्यक्रममा विजयनगर गाउँपालिका कमिटीका अध्यक्ष थर्क बहादुर खान्गाहा, सचिव गोकर्ण प्रसाद सापकोटा, जिल्ला सदस्य दिपेन्द्र मोहर, इन्नर थारु लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१