अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर्न सभामुखको निर्देशन

  • साउन ३२, २०७८
  • ५१३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।

अनि सभामुख सापकोटाले सरकारलाई निर्देशन दिदै भने, ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ, त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

 

 

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१