ताजा समाचार

प्रदेश २ को प्रदेश प्रमुखबाट राजेश बर्खास्त, मिश्र सिफारिस

  • साउन ३२, २०७८
  • ८७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ । सरकारले प्रदेश नम्बर २ मा पनि प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । यसबारे आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

 अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । केपी ओली नेतृत्वको सरकारले गत फागुन ७ मा अहिराज (झा) लाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
 महोत्तरीका मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत हुन् । उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए । सरकार फेरबदल भएसँगै प्रदेश प्रमुखको पद पनि फेरिँदै गएको छ । शेर बहादुर देउवा प्रधानमन्त्री भएयता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा प्रमुख फेरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤