सिरहाको भगवानपुरमा मन्त्री यादवद्वारा भवनको सिल्यानास

  • साउन ३१, २०७८
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१, साउन । सिरहाको भगवानपुर गाउँपालिकामा शनिवार छुट्टाछुट्टै दुई वटा भवनको सिल्यानास गरिएको छ । प्रदेश नम्बर - २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र गाउँपालिका प्रमुख बेचन प्रसाद यादवले संयूक्त रुपमा भवनको शिलान्यास गरेका थिए । वडा नम्वर- १ मा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिकको शिलान्यास गरिएको छ, भने बालासुन्दरी भगवती मन्दिरको समेत एकैसाथ सिल्यानास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिनुभयो ।, ३ करोड ४१ लाख ९० हजार २० रुपैयाको लागतमा मन्दिर निर्माण हुने भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनका लागि करिब पोने ९ करोडको लागतमा चार तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।

Open Photo

भवन निर्माणको काम गर्न रउतहा- अनसुमन जेभी काठमाडौलाई ठेक्का दिएको बुझिएको छ । वडा नम्बर - १ देखि ५ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकार लगायत सयौ जनाको रोहवरमा औपचारिक कार्यक्रमको आयोजना गरी भवनको सिल्यानास गरिएको थियो । पालिकाको आफ्नो निजि भवन नहुँदा वडा नम्बर - १ को वडा कार्यालयमा गाह्रोसार्हो कामाकाज संचालन गर्दै आईरहेको एक जना कर्मचारी मनोज साहले बताए । गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएपछी स्थानीयहरु खुशी भएका छन् । मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१