ताजा समाचार

उदयपुरमा चट्याङले बाख्रा सखाप

  • साउन ३१, २०७८
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उदयपुर । वर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा ७ वटा बाख्रा मरेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ शिद्धिपुरस्थित सीमा टोलका स्थानीय कृषक नरेन्द्र राईका बाख्राहरु चट्याङ लागेर मरेका हुन् ।जङ्गलमा चररिहेको अवस्थामा एक्कासी चट्याङ परेको कृषक राईले बताए । उनका अनुसार जङगल चराउन लगेको १९ वटा खसी र बाख्रामध्ये ७ वटा बियाउने माउ बाख्राहरु चट्याङबाट मरेका हुन् । मरेका बाख्राहरुबाट पीडति राईलाई झण्डै १ लाख बराबर क्षति भएको बताए । सम्बन्धित निकायबाट पाउने राहत र क्षतिपूर्तिका लागि मुचुल्का प्रमाणति गराउन इलाका प्रहरी कार्यालयमा समेत राईले निबेदन दिएका छन् । सो क्षेत्रमा वर्षेनी चट्याङबाट सर्वसाधरणले बिभिन्न खाले क्षति बेहोर्दै आएको स्थानीय सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन ओझाले जानकारी दएि ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤