Siraha Times
ताजा समाचार

उदयपुरकी रन्जु हत्या आरोपितको बयान : हातको चुरा फुटाएपछि घाँटी थिचेर

  • साउन ३१, २०७८
  • १०३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीमान्सँग बिबाद भएपछि हातको चुरा फुटाउने एक युवतीले ज्यान गुमाएकी छन् । हत्यामा संलग्न श्रीमान्को बयानका अनुसार श्रीमतिले आफूलाई अशुभ गाली गर्दै चुरा फुटाएपछि आबेगमा घाँटी थिचेर ज्यान लिएका हुन् ।उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ माइतघर भएकी २३ वर्षीया रन्जु तामाङको हत्या उनकै श्रीमान् राम श्रेष्ठले गरेको प्रहरीले जनाएको छ । गर्भवती श्रमतिलाई ३९ वर्षीय रामले काठमाडौंस्थित गुहेश्वरीको बागमती प्लान्ट नजिकै कोठामा हत्या गरेको स्वीकारेका छन् ।

हत्या आरोपित राम हेटौंडा उपमहानगरपालिका-४ का हुन् । श्रीमतिको हत्या गरेलगतै उनले प्रहरीलाई खबर गरेका थिए । फ्ल्याट भाडामा लिएर बस्ने उनीहरुबीच केही दिनयता मनमुटाव हुदै आएको थियो । हत्याको दिन पनि बिहानै भनाभन भएको र सो क्रममा श्रीमतिले ’तिमी आजदेखि मेरो लागि मर्‍यौ’ भन्दै चुरा फुटाएपछि आबेगमा आएर हत्या गरेको बयान दिएका छन् ।

श्रेष्ठले प्रहरीको हटलाइन नम्बर १०० मा आज बिहान ७ बजे फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन् ।श्रीमान्ले दिएको घटनास्थल लोकेशन पछ्याउदै फ्ल्याट पुगेको प्रहरीले श्रीमतिलाई ओछ्यानमा मृत्यु भइसकेको अवस्थामा फेला पारेको छ ।मृतकको शरीरमा अन्य चोटपटक भने नदेखिएको प्रहरीको भनाई छ । श्रीमतिको ज्यान लिएपछि श्रेष्ठ आफ्नै हात पनि काटेको अवस्थामा भेटाइएपछि काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको थियो ।

हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए । प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए ।उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । अहिले श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको छ । उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेको पारिवारिक स्रोतबाट बुझिएको छ । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१