ताजा समाचार

जनकपुर : हनुमान चोकलाई इस्लाम चोक बनाउनेहरुद्वारा पत्रकारमाथि आक्रमणको प्रयास

  • साउन ३०, २०७८
  • ७७८ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ७ हनुमान चोकलाई इस्लाम चोक बनाउने यूवाहरुले पत्रकार सुरेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका छन् । न्यूजब्यूरो अनलाइनका पत्रकार यादवलाई केहि यूवाहरु जनकपुरको भानु चोकमा बोलाएर आक्रमणको प्रयास गरेका हुन् । हनुमान चोकलाई इस्लाम चोक नामाकरण गर्ने युवाहरु न्यूजब्यूरो नामक फेसबुक पेजमा राखेको भिडियो हटाउन पत्रकार यादवलाई दबाब दिएका थिए । भिडियो नहटाउने भनेपछि ६/७ जनाको समूहमा रहेका यूवाहरु पत्रकार यादवलाई घेरेका थिए । तर त्यहाँ उपस्थित यूवाहरु पत्रकार यादवलाई साथ दिएपछि आक्रमणको गर्ने नियतले आएका यूवाहरु पछाडी हट्न बाध्य भए । बसहिया रोडमा रहेको इस्लाम मार्केटका प्रोपराइटरले इस्लाम चोक उल्लेख गरेको छ । तर सो चोकको नाम भने हनुमान चोक रहेको स्थानीय बताउँछन् । हनुमान मन्दिर रहेकाले पहिलेदेखि नै ‘हनुमान चोक’ नामाकरण गरिएको भएपनि ‘इस्लाम चोक’ बनाउने षड्यन्त्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤