विदेश बाट पठाएको रकम बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने

  • साउन ३०, २०७८
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं २९ साउन। विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताएका छन् । ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले

बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ’ मौद्रिक नीतिमा भनिएको छ । नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन विद्युतीय माध्यममार्फत् गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

गत आर्थिक वर्षमा कोभिड–१९ महामारीबीच पनि निर्यात र विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले बताएको छ । तर पछिल्लो समय आयात वृद्धिमा तीव्रता आउन थालेको र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दवाव पर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकको विश्लेषण छ ।

मौद्रिक नीतिले गरेको यो व्यवस्थाले बैंक तथा वित्तयि संस्थामा लगानी योग्य रकम बढ्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ११ महिनामा ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ । कोरोना महामारीमा वैदेशिक रोजगारी ठप्प हुँदा समेत रेमिट्यान्स भने सन्तोषजनक नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

हेल्प मधेशी कतारले म ...

रामएकवाल राम दोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना ...

यातायात वीरगंजका अधि ...

रंजित चौरसिया,वीरगंज १३ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले ...

डिएसपीको रक्तदानले ब ...

ओम प्रकाश यादव, लहान वैशाख ११। बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१