ताजा समाचार

गाउँमा अस्पतालको शिलान्यास स्थानीयमा खुशयाली

  • साउन ३०, २०७८
  • १०९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० श्रावण -सिरहाको सिरहा नगरपालिकाको वडा नम्बर - १९ सन्हैठा पुरानो चौकमा अस्पतालका लागी तीन तल्ले सुविधायुक्त भवन बन्नेभएको छ । १० शैयाको अस्पताल निर्माणका लागि नगरपालिकाले सिनर्जी / सुवेदी जेभी काठमाडौलाई ठेक्का दिएको हो । नगरपालिकाका नगर - प्रमुख अशेश्वर प्रसाद यादवले शुक्रवार बिधिबत रुपमा भवनको शिलान्यास गरेको थियो। वडा अध्यक्ष गोपाल प्रसाद यादव ,प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव,ईन्जिनियर उमेश यादव,ठेक्का कम्पनीको तर्फबाट निर्माण व्यबसायीका अधिकारीक प्रतिनिधि दिपेन्द्र ठाकुर लगायत स्थानीय बुद्धिजीवी ,समाजसेवीको संयुक्त रोहबरमा सिल्यानास गरिएको नगरपालिकाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेको करिब१६ कठ्ठा क्षेत्रफलको जग्गामा भवन निर्माण कर्य सुरु गरिएको छ । २०७८ असार २० मा २ बर्षमा काम सम्पन्न हुनेगरी ठेक्का कम्पनीलाई नगरपालिकाले ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाको लागतमा भवन निर्माण गर्न सम्झौता गरिएको छ । करिब ९ हजार स्क्वायर फिटमा बन्ने भवनमा बाउन्ड्रीवाल , अपाङ्ग मैत्री र् याम्प ,५० हजार लिटरको ओभर हेड ट्यान्की,डिप बोर्डिङ्ग तथा साईट डेभलोपमेन्ट सहितको सुविधा सम्पन्न १० शैयाको तीन तल्ले भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ।गाउँहरुको अनुसार अब गाउँमै अस्पताल बन्ने भए पछि खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤