हुलाकी राजमार्ग अन्तर्गत पुल निर्माण अलपत्र, न कामदार भेटिन्छन्, न ठेकेदार

  • श्रावण २९, २०७८
  • ६१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजविराज, साउन २९ गते । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत निर्माणधीन पुलहरु अलपत्र अवस्था देखिन्छ । पछिल्लो तीन महिना यता ती पूलहरुमा थप निर्माण काम नभएको स्थानीयहरु बताउँछन् । निर्माण कम्पनी/ठेकेदारहरुले पुल निर्माणमा खटिएका कामदारहरुलाई जेठको सुरुमा नै फिर्ता लगिसेकोले निर्माण कार्य ठप्प छ । निर्माणाधिन पुलहरुको थपिएको म्याद असारमै सकिएको छ, फेरी छ महिना थप्दा पुस महिनामा निर्माण सकिनुपर्ने हो । तर, अहिले निर्माण स्थलमा न कामदार भेटिन्छन् न ठेकेदार । यसले फेरि पनि थपिएको म्यादमा निर्माण हुने अनिश्चित छ ।

No description available.

निर्माण कम्पनीहरुले निर्माण काम सम्पन्न गराउनुभन्दा पनि फेरि म्याद थप गराउने कार्यमा बढी सक्रिय हुने गरेकाे हुन्छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण म्यादभित्र पुल निर्माण कार्य सम्पन्न नभएको स्थानीय रोशन साहले भन्नुभयो, वर्षभरीमा दुई/तीन महिना मात्र निर्माण कार्यमा कामदार खटिएको देखिन्छ । आवश्यकभन्दा पनि एकदमै थोरै संख्यामा कामदाहरु खटाइने गरेको कारण निर्माणमा ढिलाई भएको हो । हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा १९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो । ती सबै पुलहरुको म्याद सकिसकेको उहाँले तीन/तीन पटक म्याद पनि थपिएको छ तर, निर्माण कार्य पूरा नभएको बताउनुभयो ।

No description available.

पुलहरुको ४० देखि ९८ प्रतिशतसम्मको भौतिक काम सम्पन्न भइसको उहाँले भन्नुभयो, सम्झौताको म्याद सकिएपछि तीन/तीन पटक म्याद थपिएको छ । सार्वजनिक खरिद ऐनको नवौं संशोधनपछि थपिएको म्यादमा पनि काम पूरा नभएको उहाँले भन्नुभयो, निर्माण व्यवसायीलाई धेरै पटक ताकेता पनि गरे तर, पनि निर्माण पूरा भएन । अब फेरि छ महिनाको म्याद थपिने र यस अवधिमा पनि निर्माण पूरा नगरिएमा कारबाही गरिने उहाँले जानकारी दिनुभयो । हुलाकी राजमार्गको सप्तरी अन्तर्गत मुतनी, पाँची, कजराहा खोला, खडक, लगायतका नदीमा पुल निर्माण कार्य अधुरो छ । छ वर्ष अघि ती पुलहरु निर्माण सुरु भएको थियो । अधिकांश पूलका निर्माण संस्था एउटै रहेको पाइन्छ ।

No description available.

मुतनी नदीको पुल अरनिको, लामा, बाग्मती जेभी काठमाण्डौले २०७२ असार २५ मा सम्झौता गरी २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने निर्माण स्थलमा राखिएको बोर्डमा उल्लेख छ । निर्माणको म्याद सकिएको चार वर्ष भइसक्यो तर, अहिलेसम्म पूर्ण निर्माण भएको छैन । मुतनी नदीको पुल एउटा उदाहरण मात्र हो । यससँगै पाँची, कजरा खोला, झरनियाँ खोलामा पूल निर्माणको काम पनि कछुवा गतिको कारण अधुरो अवस्थामा छन ।

No description available.

 

अहिले पुल निर्माण स्थलमा निर्माण कार्यको सूचना बोर्ड कतै भेटिदैन । निर्माण कार्यमा अधिकाँश भारतीय मजदुर तथा पेटीदारले काम गर्दै आएका छन भने मुख्य ठेकेदार तथा साइड इन्चार्ज बिरलै भेट्ने गरिन्छ । हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णका अनुसार ८५ प्रतिशत सकिएका पुलहरुमा एइक्सपान जोइन्ट र अप्रोच सल्याबको मात्र काम बाँकी छ । पछिल्लो समय कोरोना कहरबाहेक अन्य कुनै कारणले निर्माण कार्य प्रभावित नभएको उहाँको कथन छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१