Siraha Times
ताजा समाचार

हुलाकी राजमार्ग अन्तर्गत पुल निर्माण अलपत्र, न कामदार भेटिन्छन्, न ठेकेदार

  • साउन २९, २०७८
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजविराज, साउन २९ गते । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत निर्माणधीन पुलहरु अलपत्र अवस्था देखिन्छ । पछिल्लो तीन महिना यता ती पूलहरुमा थप निर्माण काम नभएको स्थानीयहरु बताउँछन् । निर्माण कम्पनी/ठेकेदारहरुले पुल निर्माणमा खटिएका कामदारहरुलाई जेठको सुरुमा नै फिर्ता लगिसेकोले निर्माण कार्य ठप्प छ । निर्माणाधिन पुलहरुको थपिएको म्याद असारमै सकिएको छ, फेरी छ महिना थप्दा पुस महिनामा निर्माण सकिनुपर्ने हो । तर, अहिले निर्माण स्थलमा न कामदार भेटिन्छन् न ठेकेदार । यसले फेरि पनि थपिएको म्यादमा निर्माण हुने अनिश्चित छ ।

No description available.

निर्माण कम्पनीहरुले निर्माण काम सम्पन्न गराउनुभन्दा पनि फेरि म्याद थप गराउने कार्यमा बढी सक्रिय हुने गरेकाे हुन्छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण म्यादभित्र पुल निर्माण कार्य सम्पन्न नभएको स्थानीय रोशन साहले भन्नुभयो, वर्षभरीमा दुई/तीन महिना मात्र निर्माण कार्यमा कामदार खटिएको देखिन्छ । आवश्यकभन्दा पनि एकदमै थोरै संख्यामा कामदाहरु खटाइने गरेको कारण निर्माणमा ढिलाई भएको हो । हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा १९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो । ती सबै पुलहरुको म्याद सकिसकेको उहाँले तीन/तीन पटक म्याद पनि थपिएको छ तर, निर्माण कार्य पूरा नभएको बताउनुभयो ।

No description available.

पुलहरुको ४० देखि ९८ प्रतिशतसम्मको भौतिक काम सम्पन्न भइसको उहाँले भन्नुभयो, सम्झौताको म्याद सकिएपछि तीन/तीन पटक म्याद थपिएको छ । सार्वजनिक खरिद ऐनको नवौं संशोधनपछि थपिएको म्यादमा पनि काम पूरा नभएको उहाँले भन्नुभयो, निर्माण व्यवसायीलाई धेरै पटक ताकेता पनि गरे तर, पनि निर्माण पूरा भएन । अब फेरि छ महिनाको म्याद थपिने र यस अवधिमा पनि निर्माण पूरा नगरिएमा कारबाही गरिने उहाँले जानकारी दिनुभयो । हुलाकी राजमार्गको सप्तरी अन्तर्गत मुतनी, पाँची, कजराहा खोला, खडक, लगायतका नदीमा पुल निर्माण कार्य अधुरो छ । छ वर्ष अघि ती पुलहरु निर्माण सुरु भएको थियो । अधिकांश पूलका निर्माण संस्था एउटै रहेको पाइन्छ ।

No description available.

मुतनी नदीको पुल अरनिको, लामा, बाग्मती जेभी काठमाण्डौले २०७२ असार २५ मा सम्झौता गरी २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने निर्माण स्थलमा राखिएको बोर्डमा उल्लेख छ । निर्माणको म्याद सकिएको चार वर्ष भइसक्यो तर, अहिलेसम्म पूर्ण निर्माण भएको छैन । मुतनी नदीको पुल एउटा उदाहरण मात्र हो । यससँगै पाँची, कजरा खोला, झरनियाँ खोलामा पूल निर्माणको काम पनि कछुवा गतिको कारण अधुरो अवस्थामा छन ।

No description available.

 

अहिले पुल निर्माण स्थलमा निर्माण कार्यको सूचना बोर्ड कतै भेटिदैन । निर्माण कार्यमा अधिकाँश भारतीय मजदुर तथा पेटीदारले काम गर्दै आएका छन भने मुख्य ठेकेदार तथा साइड इन्चार्ज बिरलै भेट्ने गरिन्छ । हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णका अनुसार ८५ प्रतिशत सकिएका पुलहरुमा एइक्सपान जोइन्ट र अप्रोच सल्याबको मात्र काम बाँकी छ । पछिल्लो समय कोरोना कहरबाहेक अन्य कुनै कारणले निर्माण कार्य प्रभावित नभएको उहाँको कथन छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१