Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकामा 'बर्थिङ सेन्टर' संचालनमा

  • साउन २९, २०७८
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन २९ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा 'बर्थिङ सेन्टर' संचालनमा आएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ रामपुर र वडा नम्बर - ६ सितापुरको स्वास्थ्य चौकीमा बिहिवार देखि २४ घण्टे प्रसुती सेवा संचालन आएको हो। स्थानीयलाई सुलभ हुने गरि वडा नम्बर - १ रामपुर र वडा नम्बर - ६ सितापुरको स्वास्थ्य चौकीमा बुधबार एकैसाथ प्रसुती सेवा केन्द्रको उदघाटन भएको छ ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामबल्लभ साहले स्वयंम् सेविकाहरुलाई बर्थिङ्ग सेन्टरको प्रचार प्रसार गर्न निर्देशन दिएका छन । उनले नियमित प्रदान गर्ने सुरक्षीत प्रसुती सेवालाई थप निरन्तरता दिन गाउँपालिकाले आगामी दिनमा सक्दो प्रयास गर्ने बताए । स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकित्सकको उचित परामर्शका साथै औषधी उपचार, नि: शुल्क स्वास्थ्य सामाग्री समेत प्रदान गरीने भएकोले सुरक्षित प्रसुती सेवा लिन पालिकाका गर्भवती दिदी बहिनीहरुलाई अध्यक्ष साहले आग्रह गरेका थिए । विधिबत रुपमा सेवा केन्द्रको उदघाटन भएको गाउँपालिकाका स्वास्थय शाखा प्रमुख काशीराम यादवले जानकारी दिएका छन ।

उदघाटन कार्यक्रममा वडा नम्बर - १ का वडा अध्यक्ष मनिकलाल यादव र ६ का वडा अध्यक्ष राजेश्वर साहको अध्यक्षता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुमिन्त्रा लामा , लेखापाल नरेश कामती , आयुर्वेद शाखा प्रमुख धनिकलाल यादव लगायतका स्थानीय बुद्धिजीवी , राजनैतिक दलका पदाधिकारीहरुको रोहबरमा उदघाटन भएको रामपुर स्वास्थ्य चौकीका प्रमुख अनिल कुमार साहले जानकारी दिए । कार्यक्रममा रामपुर स्वास्थ्य चौकीका जग्गा दाता बिन्देश्वर साह हलुवाईलाई प्रमाण- पत्र सहित दौसला ओढाई गाउँपालिका अध्यक्ष रामबल्लभ साहले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१