सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा प्रसुतीसेवा संचालन

  • साउन २९, २०७८
  • ६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९, साउन । सिरहा जिल्लाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा बिहिवारबाट २४ घण्टे प्रसुती सेवा केन्द्र संचालन भएको छ । वडा नम्बर - १ रामपुर र वडा नम्बर - ६ सितापुरको स्वास्थ्य चौकीमा एकैसाथ सुरक्षीत प्रसुती सेवा केन्द्रको उदघाटन भएको हो । गाउँपालिका अध्यक्ष रामबल्लभ साहद्वारा विधिबत रुपमा सेवा केन्द्रको उदघाटन भएको गाउँपालिकाका स्वास्थय शाखा प्रमुख काशीराम यादवले जानकारी दिनुभयो । पालिका अध्यक्ष साहले स्वयंम् सेविकाहरुलाई बर्थिङ्ग सेन्टरको प्रचार प्रसार गर्न निर्देशन दिनुभएको छ । नियमित प्रदान गर्ने सुरक्षीत प्रसुती सेवालाई थप निरन्तरता राख्न गाउँपालिकाले आगामी दिनमा अझै व्यबस्थित गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

No description available.

स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकित्सकको उचित परामर्शका साथै औषधी उपचार, नि: शुल्क स्वास्थ्य सामाग्री समेत प्रदान गरीने भएकोले सुरक्षित प्रसुती सेवा लिन पालिकाका गर्भवती दिदी बहिनीहरुलाई अध्यक्ष साहले आग्रह गरे । उदघाटन कार्यक्रममा वडा नम्बर - १ का वडा अध्यक्ष मनिकलाल यादव र ६ का वडा अध्यक्ष राजेश्वर साहको अध्यक्षता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुमिन्त्रा लामा , लेखापाल नरेश कामती , आयुर्वेद शाखा प्रमुख धनिकलाल यादव लगायतका स्थानीय बुद्धिजीवी , राजनैतिक दलका पदाधिकारीहरुको रोहबरमा उदघाटन भएको रामपुर स्वास्थ्य चौकीका प्रमुख अनिल कुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा रामपुर स्वास्थ्य चौकीका जग्गा दाता बिन्देश्वर साह हलुवाईलाई प्रमाण- पत्र सहित दौसला ओढाई गाउँपालिका अध्यक्ष रामबल्लभ साहले सम्मान गरेका थिए । एसबिए तालिम प्राप्त दक्ष अनमी / चिकित्सकहरु द्वारा गाउँमै २४ घण्टे प्रसुतीसेवा संचालनमा आएपछि स्थानीय खुशी भएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१