रोहित कुमार मण्डल सप्तरी(कदमाहा) २८ श्रावण । सप्तरी जिल्लामा सडक सुरक्षा चेक जाँच अवधारणा (आरएससीसी ) अन्तर्गत सडक दुर्घटमा न्यूनिकरण तथा विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को नियन्त्रण तथा रोकथामका लागि सवारी चालक तथा यात्रुहरुलाई अनिवार्य मास्क तथा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट कदमाहाले चेक जाँचमा व्यापक कडाई गरेका छन् ।
सप्तरीको पूर्वि सिमाना भारदह तथा पश्चिमी सिमाना कदमाहा अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ लक्षित गरी ल्याइएको अवधारणाले सडक दुर्घटनामा कमी ल्याउनुको साथसाथै राजस्व संकलनमा समेत सहयोग गरेको छ । आरएससीसीले गर्दा नै यस जिल्लामा करिब ९० प्रतिशत सवारी साधनका काग पत्रहरु दुरुस्त हुने गरेको पाइएको छ । सडक दुर्घटना दिनप्रति दिन बढदै गएकाले त्यसलाई केहि हदसम्म न्यूकिरणन गर्न यो अवधारणा ल्याइएको अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट कदमाहा सप्तरीका प्रमुख उतम बहादुर भण्डारीले जनकपुर टुडेलाई बताए ।
प्रमुख भण्डारीले भने— बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी सुरक्षा चेक जाँचलाई कडाई गरिएको छ । “सवारी चालकको स्वास्थ परिक्षण गरौ, सवारी चलाउ र आफनो गन्तव्य स्थान सम्म पुगौ , मादक पदार्थ सेवन गरी सवारी नचलाउ आफु पनि बचौ अरुलाई पनि बचाउँ” भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चालकहरुको स्वास्थ परिक्षण, सर्वसधारणलाई सचेतनाना मुलक पर्चा पम्पलेट वितरण, पैदल यात्रुहरुसंग अन्तरक्रिया कार्यक्रम, अव्यवस्थित पार्किङ हटाउने काम, सार्वजनिक सवारी रिर्जभमा रहेका सवारीको अनुगमन तथा सवारीको मेकानिकल जाँच लगायतको कार्यलाई समेत तिब्रता दिएको छ ।
सडक दुर्घटना बढदै जानथालेपछि जिल्ला ट्राफिक कार्यालय सप्तरीले दुर्घटना न्यूनिकरण तथा नियणत्रणका लागि हामीले सडकमा विभिन्न किसिमिका चेकजाँचदेखि लिएर बिधालय कलेजसम्म ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक कार्यक्रमहरु चलाईने प्रमुख भण्डारीले बताए । सडक पुरानै छ, सवारी साधनको चाप दिनानुदिन बढदै ,ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको उनले बताए ।
उनले भने –सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढि यात्रु बोक्ने, सडक सांघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेको उनले बताए । अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहामा ट्राफिक जनशतिm अपुग भएर सबै ठाँउमा ट्राफिक पोष्ट नभएपनि पनि सरप्राइज चेकिङ, जेब्राक्रसिङ्ग निमार्ण, सवारी चालकहरुको स्वास्थ परिक्षण, बिधालय सम्र्पक कार्यक्रम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनिकरणका लागि लगातार प्रयास गरि रहेको उनले बताए ।
हामीलाई मात्र उल्टै दोष लगाउन छन । सवारी चालकले राजस्व उठाउन ट्राफिक प्रहरीले अनाहकमा दुःख दिने गरेको कहिकतैबाट सुनिन्छ तर पनि नियमको अधिनमा बसेर हामी ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic