ताजा समाचार

सुखीपुर नगरपालिका वडा १० मा पहिलो र दोस्रो चरणको कोरोना खोप लगाईदै

कोरोना खोप लगाउन सुखीपुर नगरपालिका वडा १० मा सर्बसाधारणको घुइँचो

  • साउन २८, २०७८
  • ५२२ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान २८ श्रावण - बिश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरको जोखिमबाट बचन नेपाल सरकारले विभिन्न पालिकाहरुमा कोरोना खोप लगाउने शिबिर सुरु गरेको छ।

कोरोना कहरले बिश्वनै आतंकीत भएको देखिन्छ । सिरहामा १७ वटा स्थानीय तहहरुमा खोप लगाउने सिबिर संचालनमा रहेको छ । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १० दहीपउरीमा एकदिने सिबिर संचालनमा रहेको वडा अध्यक्ष रामलखन महतोले जानकारी दिनु भयो। ५० बर्ष उमेर नाघिसकेको वृद्धहरुलाई पहिलो चरणको खोप र दोश्रो चरणको खोप लगाउने भएको स्वास्थकर्मि जितेन्द्र सिंह र पुनम कुमारी साहले जानकारी दिनु भयो ।

५० बर्ष देखी ६० बर्ष उमेर समुहका ब्यक्तीहरुले खोप लगाउन ततपर्ता देखाएका छन। खोप लगाउन आएकी स्थानीय गुलाब देबी कोईरीनका अनुसार खोप लगाउन धेरै डराउने गर्थे तर लगाई सके पछी आफु सहज महसुस भएको छ।आफु उमेर समुहका सम्पुर्ण वृद्धहरुलाई खोप लगाउन आग्रह गरेका छन्। वाडा अध्यक्ष महतोका अनुसार एक दिने शिबिरमा करिब २ सय वृद्धहरुले खोप लगाउन जनसमुदायमा आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤