पर्सा- सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करी गराएको रहस्य बाहिर आएको छ l बिक्यो बोर्डर आउट पोष्ट भिखमपुर सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेत खोल्यो जानकीटोला सिमानाकाबाट लाईन भने कुरा अहिले अहिले पूरै पर्सा जिल्ला नै चर्चा चलिरहेको छ ।
सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करी गराउदै एस्कटिंग समेत गर्ने गरेको रहस्य खुलेको छ । जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको तस्करीको पोल स्रौत बाट खुल्न आएको छ।
जानकीटोला सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजार बाट कपडा धुने साबुन, ब्वैलर कुखुरा र कुखुराका चल्लाको तस्करी चली रहेको छ l यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डिया बाट किराना आईटम, कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ l यस्तै नेपाल बाट मोटर ,मरिच, खुखुरी सिगरेट, घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, पेट्रोल, डिजेल ,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l
यस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँगा को लाईन पाउने हरुमा महबीर, सगीर, बहिरा, रोज नाम गरेका व्यापारीहरु रहेका छन l जानकीटोला नाका बाट तस्करी भइरहेको भने कुरा आईतबार कुखुराको चल्ला नेपाल प्रहरीले पक्राउ गरेपछि तस्करी सो नाका बाट भइरहेको प्रमाणित भएको भएको छ l
सशस्त्र प्रहरीले सो नाका बाट तस्करी गराएको कुखुरा को चल्ला ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेपछि तस्करी भएको रहस्य प्रस्ट खुलेको छ l सशस्त्र प्रहरी निरीक्षक बस्नेत लाई मोटो रकम महीनवारी बुझाउदै इनर्वा बस्ने शेषनाथ नाम गरेका व्यापारीले ब्वैलर कुखुराको तस्करी गराइरहेका छन l
एक कुखुरा व्यापारी लाई रोकेर सोधपुछ गर्दा शेषनाथका माल रहेको खुलाए l शेषनाथको कुखुरा बोकेर पुर्याउने व्यक्ति सँग सिध्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका थिए /भारतमा ब्वैलर कुखुरा सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउदै तस्करी गराइ नेपालको जानकीटोला चौक ,महूवन चौक लंगडी चौक, डकैला चौक, सेढ्वा चौक सम्म पठाउने गरेका कारण नेपाली व्यवसायहरु मारमा परेका छन ।
सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको लाईन पाएका छन l भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेका छन lयस अनुसार सिमानाकामा खटेका सशस्त्र प्रहरीले तस्करलाई सघाएर घुस लिई सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ ।
जानकीटोला नाका बाट उठेको रकम १३ नः गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपि) राजेन्द्र खड्का सम्म पुग्ने गरेको नाम नखोल्ने सर्तमा एक व्यापारी स्रौतले जानकारी दिएको छ । यस्ता भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । यस सम्बँधमा माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिएको छ। अब यो हेर्न बाकी नै छ कि प्रदेश नः २ सशस्त्रका डिआईजी चन्द्रप्रकाश गौतमले के कस्ता कार्वाही गर्लान ?
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic