Siraha Times
ताजा समाचार

साइकल वितरण प्रदेश नं २ को लागि कोशेढुंगा सावित

  • साउन २५, २०७८
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान मूख्य मन्त्री बेटी पढाउ बेटी बचाऊ अभियान अन्तर्गत प्रदेश भित्रका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्यनरत छात्राको लागि साइकल वितरण कार्यक्रम अत्याधिक मात्रामा विद्यालयहरु बाट साइकल माग निवेदन प्राप्त भई कागजात रुजुको लागि समय लाग्ने कारण देखाई तत्काललाई वितरण कार्यक्रम स्थगित गरिएको मुख्य मन्त्री सञ्चार सचिवालय प्रदेश नं २ ले जनाएको छ । बदलिँदो परिस्थितिको सामना गर्न र मधेशमा महिलालाई साक्षर बनाउने उद्देश्यका साथ अघि बढाइएको साइकल बितरण कार्यक्रम सुन्दा जति सजिलो छ प्राप्त गर्न उत्तिकै कठिन छ ।

प्रदेश सरकारले साइकल बहाली त सजिलै गरिदिन्छ तर उक्त सामग्री विद्यालयसम्म सजिलै प्राप्त हुँदैन दुवानी खर्च प्रदेश सरकारले नदिएपछि विद्यालयले आफू खुशी ढुवानीबापत खर्च विद्यार्थीबाट उठाई साइकल वितरण गर्ने गरेको वर्तमान अवस्था सिर्जना भएको छ । प्रदेश कार्यालयदेखि जति दूरीमा सामुदायिक विद्यालय रहेको छ उत्तिकै चर्को रकमको मारमा विद्यार्थीहरू परिरहेको अवस्था छ भने अर्कोतिर साइकल नि शुल्क वितरणको हल्ला फैलाएर वितरण व्यवस्थालाई विविध शुल्कको नाममा बिद्यालयहरुले आफु खुशी रकम असुल्न थालेको वर्तमान घडीमा सम्पूर्ण खर्चको व्यवस्थापन गरेर सहजरुपमा साइकल वितरण कार्यक्रम अगाडि बढाउनु आजको आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१