सिरहामा घुमुवा प्रहरी यादवको दादागिरी व्यापारी परेशान

  • साउन २५, २०७८
  • ७०३ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित नेपाल प्रहरीका एक घुमुवाले आफ्नो इलाकामा व्यापारीहरुसँगको असुलीलाई निरन्तरता दिएको पाइएको छ । 

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको बन्दिपुरस्थित रहेको इलाका प्रहरी कार्यालय कर्जन्हाका घुमुवा प्रहरी प्रदीप यादवले स्थानीय व्यापारीहरुसँग महिनबारी असुली गर्ने गरेको पाइएको छ । 

सो ईलाका अन्तर्गत पर्ने विभिन्न क्षेत्रका व्यापारीहरुबाट महिनबारीदेखि लिएर दैनिक रुपमा पनि रकम असुल्ने गरेको प्रमाण भेटाएको छ । घुमुवा प्रहरीदेखि व्यापारीहरु आजित भएको छ । 

घुमवा प्रहरी यादवको कनेक्सन विभिन्न क्षेत्रका व्यापारीहरुसँग रहेको छ । उनलाई भारतबाट समान ल्याउने, अवैद्य समान ल्याउने, सरकारको कर छली गर्ने लगायतका तस्करहरु सहित व्यापारीहरुलाई उनले महिनबारी रुपमा रकम लिएर सँरक्षण दिने गरेको छ । 

बन्दिपुर बजारमा रहेको मासु पसल देखि लिएर दारु पसल, खोलाबाट अवैद्य रुपमा निकालिने बालुवा, गिट्टीको ट्याक्टरसँग महिनाको ५ हजार देखि १५ हजार सम्म महिनाबरी असुली गरेको स्थानीयहरु बताउँछन् । 

घुमुवा यादवले पान पसलबाला देखि लिएर मासु पसलका संचालकसँग पनि कम्तीमा महिनाको १५ सय रुपैयाँ लिने गरेको छ । पसलेले भने–“घुमुवा प्रदीप यादबले महिनाको १५०० रुपैया माग्छ हामिले दिनै पर्छ । नदिए नानाथरीका बाहाना बनाएर डराउने काम गर्छ । हामिले दिनै पर्छ नदिए पसलमा आएर आफ्नो पावर देखाउछ । हामी गरिब नदिए व्यपारमा पनि समस्या हुन्छ ।” 

कर्जनहा नगरपालिकास्थित रतनपुर,बलटिया र बन्दिपुर गाउँमा संचालनमा रहेको काठ फर्निचरहरुबाट पनि नेपाल प्रहरी घुमुवा यदवले महिनाको ५ देखि १० हजार रकम असुलने गरेको एक व्यापारीले नाम नखोल्ने सर्तमा बताए ।

“घुमुवा प्रदिप यादबको दादागिरी चल्छ । महिनाको लाखौं कमाएर बन्दिपुरका इन्चार्जलाई पनि बुझाउने गरेको आरोप छ । तर, बन्दिपुरका प्रहरी ईन्चार्जले यसलाई अस्विकार गरेका छन् । उनले यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । 

हाम्रा सहकर्मी सङ्ग सँक्षिप्त कुराकानीमा ईलाका प्रहरी कार्यालय बन्दिपुरका इन्चार्ज (नाम बताएनन्) ले मासु पसलबाट असुली गरेको कुरा आफूलाई थाहा नभएको बताउँदै उनले प्रदीप यादव घुमुवा प्रहरी नरहेको दाबी गरे । 

उनका अनुसार, प्रदीप एक सिपाही मात्र रहेको बताए । इलाका प्रहरी कार्यालय बन्दिपुरका ईन्चार्जलाई नाम सोध्दा उनले फोन काटिदिए । यस सन्दर्भमा प्रहरी प्रदीप यादवलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । (भिडियो र अडियो प्रमाण सुरक्षित छ)

प्रतिक्रिया दिनुहोस

हेल्प मधेशी कतारले म ...

रामएकवाल राम दोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना ...

यातायात वीरगंजका अधि ...

रंजित चौरसिया,वीरगंज १३ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले ...

डिएसपीको रक्तदानले ब ...

ओम प्रकाश यादव, लहान वैशाख ११। बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१