Siraha Times
ताजा समाचार

सिरहामा घुमुवा प्रहरी यादवको दादागिरी व्यापारी परेशान

  • साउन २५, २०७८
  • ८६६ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित नेपाल प्रहरीका एक घुमुवाले आफ्नो इलाकामा व्यापारीहरुसँगको असुलीलाई निरन्तरता दिएको पाइएको छ । 

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको बन्दिपुरस्थित रहेको इलाका प्रहरी कार्यालय कर्जन्हाका घुमुवा प्रहरी प्रदीप यादवले स्थानीय व्यापारीहरुसँग महिनबारी असुली गर्ने गरेको पाइएको छ । 

सो ईलाका अन्तर्गत पर्ने विभिन्न क्षेत्रका व्यापारीहरुबाट महिनबारीदेखि लिएर दैनिक रुपमा पनि रकम असुल्ने गरेको प्रमाण भेटाएको छ । घुमुवा प्रहरीदेखि व्यापारीहरु आजित भएको छ । 

घुमवा प्रहरी यादवको कनेक्सन विभिन्न क्षेत्रका व्यापारीहरुसँग रहेको छ । उनलाई भारतबाट समान ल्याउने, अवैद्य समान ल्याउने, सरकारको कर छली गर्ने लगायतका तस्करहरु सहित व्यापारीहरुलाई उनले महिनबारी रुपमा रकम लिएर सँरक्षण दिने गरेको छ । 

बन्दिपुर बजारमा रहेको मासु पसल देखि लिएर दारु पसल, खोलाबाट अवैद्य रुपमा निकालिने बालुवा, गिट्टीको ट्याक्टरसँग महिनाको ५ हजार देखि १५ हजार सम्म महिनाबरी असुली गरेको स्थानीयहरु बताउँछन् । 

घुमुवा यादवले पान पसलबाला देखि लिएर मासु पसलका संचालकसँग पनि कम्तीमा महिनाको १५ सय रुपैयाँ लिने गरेको छ । पसलेले भने–“घुमुवा प्रदीप यादबले महिनाको १५०० रुपैया माग्छ हामिले दिनै पर्छ । नदिए नानाथरीका बाहाना बनाएर डराउने काम गर्छ । हामिले दिनै पर्छ नदिए पसलमा आएर आफ्नो पावर देखाउछ । हामी गरिब नदिए व्यपारमा पनि समस्या हुन्छ ।” 

कर्जनहा नगरपालिकास्थित रतनपुर,बलटिया र बन्दिपुर गाउँमा संचालनमा रहेको काठ फर्निचरहरुबाट पनि नेपाल प्रहरी घुमुवा यदवले महिनाको ५ देखि १० हजार रकम असुलने गरेको एक व्यापारीले नाम नखोल्ने सर्तमा बताए ।

“घुमुवा प्रदिप यादबको दादागिरी चल्छ । महिनाको लाखौं कमाएर बन्दिपुरका इन्चार्जलाई पनि बुझाउने गरेको आरोप छ । तर, बन्दिपुरका प्रहरी ईन्चार्जले यसलाई अस्विकार गरेका छन् । उनले यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । 

हाम्रा सहकर्मी सङ्ग सँक्षिप्त कुराकानीमा ईलाका प्रहरी कार्यालय बन्दिपुरका इन्चार्ज (नाम बताएनन्) ले मासु पसलबाट असुली गरेको कुरा आफूलाई थाहा नभएको बताउँदै उनले प्रदीप यादव घुमुवा प्रहरी नरहेको दाबी गरे । 

उनका अनुसार, प्रदीप एक सिपाही मात्र रहेको बताए । इलाका प्रहरी कार्यालय बन्दिपुरका ईन्चार्जलाई नाम सोध्दा उनले फोन काटिदिए । यस सन्दर्भमा प्रहरी प्रदीप यादवलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । (भिडियो र अडियो प्रमाण सुरक्षित छ)

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१