ताजा समाचार

प्रहरीलाई बदनाम गर्न आतुर भए केही बिचौलिया

  • साउन २४, २०७८
  • १९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, २४ श्रावण / जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको ठाडो निर्देशन पाउन साथ सक्रियतासाथ अगाडी बढ्दै गएको टोलिलाइ बिचौलियाको काम गर्दै आएका केही तुछ मनस्थिति बोकेकाहरू बदनाम गर्न आतुर रहेको देखिन्छ । जिल्लामा अपराधी क्रियाकलाप बढन नदिनको निम्ति प्रहरी उपरीक्षक पान्डेले क्विक रिसपोन्स टिम गठन गरेको सर्वविधितै रहेपनी बिना कुनै अधार, बिना प्रमाण बिचौलियाको काम गर्दै आएकाले विभिन्न किसिमको लालछन लगाउदै बदनाम गर्न खोजिएका हुन ।

आ-आफ्नो क्षेत्रमा कडा निगरानी बढाउन माथिल्लो निकायको निर्देशन आए पश्चात् तस्करीका साथ साथै अपराधी क्रियाकलाप कम भएको दाबी पर्सा प्रहरीले गरेको छ । तर वडा प्रहरी कार्यालय बिर्ताको नाम जोडदै केही बिचौलियाले बदनाम गर्न खोजेका छन, भन्दै प्रहरीले बताए । तस्करीको कार्य बन्द हुदा मुखमा ताल्चा लागेका बिचौलियाले आफुहरूलाइ लाइन सुचारू गर्न पटक पटक आग्रह समेत गरेको थिए । तर तस्करीको लाइन नदिदा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको क्विक रिसपोन्स टोलिको नाम राख्दै, विभिन्न आरोप लगाउदै समाचार समेत सम्प्रेषण गरिएको बताए ।

पत्रकारिताको आडमा प्रहरी र तस्कर बिचको बिचौलियाको काम गर्दै आएका कारण तस्कर समुहले उक्साए पश्चात विभिन्न आरोप लगाउदै समाचार सम्प्रेषण गरिएको बिषय आफैमा लाज लाग्नु पर्ने कुरा हो, उनले बताए । आफ्नो पेशालाई समेत बदनाम गर्दै, हुँदै नभएका घटनाको बिषयमा लेख्नुले बिचौलिया नै रहेको बारे प्रष्ट पारे । यस बिषयमा आफुहरूलाइ केही बोल्न नमिलेको कारण आफ्नो नाम गोप्य राख्ने सर्तमा उनले केही दिनमै छताछुङ्ग पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤