प्रदेश २ : कार्यकक्षमै मस्त निद्रामा भेटिए सरकारी कर्मचारी

  • साउन २४, २०७८
  • १३२० पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुर : कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम नै गर्छन् भन्ने हुँदैन । कोही कोही कर्मचारी आराम गर्न र सुत्नकै लागि कार्यालय जान्छन् । माथिको तस्बिरले यो पुष्टि गरेको छ ।

तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो । अनि त्यो सरकारी अड्डा हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा । आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए ।

उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहेका थिए । उनी हुन् कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव । घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१