दलित सरोकार मञ्च नेपाल कञ्चनपुरद्धारा २ सय ८२जना विपप्नलाई राहत सामग्री वितरण

  • साउन २४, २०७८
  • १०७० पटक पढिएको
  • रामएकवाल राम
alt

रोहित कुमार मण्डल सप्तरी (कुशहा ) २३ श्रावण । विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले नियन्त्रण तथा रोकथामका लागि गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्यालामजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका, –५ बनिगामा तथा कुशहाका २ सय ८२ जनालाई दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीले एक कार्यक्रम बिच राहत सामग्री वितरण गरेको छ ।

त्श्इ ऋजष् ऋजबचष्तथ ँगलमबतष्यल, त्बष्धबल को सहयोग र दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीको आयोजनामा सप्तरीको कुशहा –५ स्थित रहेको मसिलाल जनता माध्यमिक बिधालयमा आयोजना गरेको राहत सामग्री वितरण कार्यक्रममा दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीका जिल्ला संयोजक राज कुमार पासवान तथा सुरुङ्गा नगर पालिका,– ५ का वडा अध्यक्ष अरहुल पासवानको अगुवाई र सुरुङ्गा नगर पालिकाका उप– नगर प्रमुख बिन्दा कुमारी पासवानको सभाअध्यक्षतामा कुशहा तथा बनिगामाका २ सय ८२ जना दलित परिवारका घरधुरी राहत सामग्री वितरण गरेको समाजसेवी दिलिप पासवानले जानकारी दिनुभयो ।

राहत सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष अरहुल पासवानले भने – आफु गरिबको हकहितमा सदैब कार्य गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । लामो समयको लकडाउनका कारण दैनिक रुपमाज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथाअतिविपप्न घरपरिवारका लागि राहत सामग्री स्वरुप चामल २५ केजी., दाल १ केजी,चिनी १ केजी, खाने तेल १ लिटर,चना १ केजी हाथ धुने साबुन ४ पिस, नुन १ प्याकेट लगायतका सामग्री वितरण गरेका छन् । राहत सामग्री पाएपछि यहाँका गरिब तथा विप्पन परिवार खुशिले गदगदभएका छन् ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१