ताजा समाचार

सनातन हिन्दू धर्मको एउता अपतारको रूपमा वराह अर्थात् सुँगुर

  • साउन २३, २०७८
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनाेद मण्डल सिरहा २३ श्रावण । दुष्टको नास र सज्जनको रक्षा गर्नका लागि भगवानले विभिन्न अपातार लिएको हिन्दू धर्मग्रन्थमा उल्लेख गरिएको छ । मत्स्य ,कूर्म , बराह ,( सुँगुर ) यी भगवानका प्रारम्भिक औतारहरु हुन् । भनिन्छ ,जब पृथ्वीको सृष्टि भयो त्यसबेला जल मात्रै थियो त्यसबेला भगवानले मत्स्य औतार लिन मिल्ने भएकोले मत्स्य औतार लिनु भयो ।

त्यसपछि जलमा रहेको पृथ्वी धस्न लाग्यो भनेर भगवानले कूर्म औतार लिनु भयो ।त्यसपछि पृथ्वीको उद्दारको लागि बराह,(सुँगुर) औतार लिनु भयो । यसरी मत्स्य ,कूर्म, बराह ,प्रारम्भिक औतारहरू भगवानको भयो ।त्यसपछि विकासक्रमको कारण भगावनकले नर्सीङ औतार लिनु भयो जहाँ भगवानको आधा शरीर मानव र आधा शरीर पशु जस्तो थियो त्यस अवस्थामा विकासको क्रममा भगवानले वामनको औतार लिनु भयो तर मानव त्यस बेला सानो भएकोले अति विशिष्ट हुनको लागि भगवानले फेरि परशुराम अवतार लिनु भयो।

तर पर्सु अस्त्रको कारण समाजमा आदर्श बन्नुपर्छ भनेर भगवानले फेरि राम औतार लिनु भयो समाजमा अन्याय अत्याचार बढ्न थालेपछि पुन कृष्ण औतार लिएर महाभारत कालीन युद्ध गरेर दुष्टलाई परास्त गरेर समाजमा शान्ति स्थापनाको लागि बुद्ध औतार लिएर मानव समाजमा शान्ति स्थापनाको सैद्धान्तिक मार्गमा लागिरहँदा फेरि समाजमा क्रुर दानवीय अति रञ्जित घटनाहरू हुन् थालेपछि भगवानले कल्कि औतार लिने धर्म ग्रन्थहरूमा उल्लेख छ ।

प्रसंग उदयपुर जिल्लाको बेलाका नगरपालिकाको वडा नं ७ मैनामैनी मुल गाउँमा हालै निर्माणाधीन सुँगुरको मूर्ति निर्माण लागत ६० साठी लाख रकमको व्यापक चर्चा हुन थालेपछि आज यो लेख सामाजिक सञ्जालमा लेख्न विवस भएको छु ।

सुनसरीको बराह मन्दिरको मूल बाटो मा बनाउन लागिएको सुँगुरको प्रतिमा बराह क्षेत्रको समीप रहेको र बाहिरबाट आउने श्रद्धालु भक्तजनहरूको दर्शनको मुख्य आधार सुँगुर भएकोले भगवानको स्वरूपको रूपमा मूर्ति स्थापना पर्यटकिय विकासको दृष्टिकोणले महत्वपूर्ण रहेकोले त्यस ठाउँमा उक्त भगवान रूपी सुँगुरको प्रतिमा स्थापना गर्नु आजको आवश्यकता हो । जय बराह क्षेत्र जय वराह(सुँगुर) देव सबैको रक्षा गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤