Siraha Times
ताजा समाचार

हिन्दु धर्म माथि चाैतर्फी आक्रमण भई रहेका अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल धर्म रक्षामा सक्रिय

  • साउन २३, २०७८
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 उमेश कुमार साह सप्तरी २३ श्रावण । हिन्दू स्वयंसेवक संघ नेपाल अन्तर्गत गुरु पुर्णिामा उत्सव , ध्वजपूजा एवम् गुरु दक्षिण सम्बन्धि कार्यक्रम सप्तरीको बोदे बर्साईनमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि अनिरुद्व कुमार सिंह यादवले अहिले हिन्दु धर्ममाथी चाैतर्फी आक्रमण भई रहेकोले हिन्दुत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तिको भावना छैन, त्यो व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तिको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ धारणा राखेकाछन् ।

उक्त उद्घाटन समारोह सहभागीको रुपमा प्रमुख अतिथि सहित , प्रमुख वक्ता गोपाल जी , बिशिस्ट अतिथि - भोगेन्द्र झा ( सप्तरी जिल्ला संघ चालक मुरली मनोहर चौधरी , गजेन्द्र कुमार सिंह यादव लगायत अन्य बुधिजिबीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले मुलुकमा अहिले जबरजस्ती धर्म परिर्वतन गर्ने काम भइरहेकोमा दुख व्यक्त गरे । ‘अहिले हामी आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने बताएका छन् । विश्व हिन्दु स्वयंसेवक संघ विश्वको ५२ वटा मुलुकमा काम गरि रहेकाछन् । कार्यक्रम संघका बोदे बर्साईन नगरपालिका नगर संयोजक जय नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१