अपराध नियन्त्रणका लागि जिम्मेवार भएर काम गर्न :डीआईजी रन्जितकारको निर्देशण

  • साउन २३, २०७८
  • ५१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख सीमा क्षेत्रमा हुने अपराध, चोरी निकासी नियन्त्रणका लागि जिम्मेवार भएर काम गर्न प्रहरी कर्मचारीहरुलाई डीआईजी रन्जितकारले निर्देशन दिएका हुन् । डीआईजी रन्जितकारले न्यून स्रोत साधन हुँदा समेत नेपाल प्रहरीले प्रशंसनीय काम गरिरहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।सर्लाहीको सिमामा रहेको प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवनको उद्धघाटन गरिएको छ ।

दुई वर्षदेखि निजी घरबाट संचालन भइरहेको ब्रह्मपुरी गाउँपालिका वडा नं. ३ मा रहेको प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवनको शुक्रबार उद्धघाटन गरिएको हो । नवनिर्मित भवनको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारले उद्घाटन गरेका हुन् । नेपाल–भारत सीमा नजिकै रहेको प्रहरी चौकी त्रिभुवन नगरको अत्यन्तै पुरानो एवं जिर्ण भवन दुई वर्षअघि भत्काएपछि निजी घरबाट सञ्चालन हुँदै आएको थियो । दुई करोड ३५ लाख रुपियाँ लागतमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको हो । बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीएफआइडी) को आर्थिक सहयोग र युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाण्डौं (यूएनओपीएस) अन्तर्गत मोडर्नाइजेसन एण्ड एम्प्रुभमेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को आयोजनामा भवनको निर्माण गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

नवनिर्मित प्रहरी चौकी भवनमा ११ वटा कोठा, मेस, स्नान कक्ष र अपाङ् गमैत्री शौचालय निर्माण गरिएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौरको स्वागतमा आयोजित भवन उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीको संचालन रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र ब्रह्मपुरी गाउँपालिकाकी उपाध्यक्ष गीता देवी रायले मन्तव्य समेत शुभकामना मन्तव्य राखेका थिए ।

जिल्लाको ग्रामीण भेगमा पर्ने प्रहरी चौकी त्रिभुवन नगरको भवन उद्घाटन गर्न आउनु भएका डीआईजी रन्जितकार त्यहीँबाट जुम मार्फत प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीसँगको बैठकमा समेत सहभागी भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । भारतीय बजारसँग सीमा जोडिएको र दिनहुँ सामान ओसार पसार हुने नाका भएकाले २०३८ सालमै त्रिभुवन नगरमा प्रहरी चौकीको स्थापना गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

जसपा नेपाल नेवा: राष ...

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१